पर्यटन बजार२० श्रावण २०७८, बुधबार मा प्रकाशित
साउन २०, काठमाडौँ ।सुदूपश्चिम एउटा भर्जिन गन्तव्य हो । हाल मानिसहरू एकै ठाउँमा दोहोर्याएर जानु भन्दा फरक फरक स्थानको भ्रमण गर्न रुचाउँछन् । नयाँ गन्तव्यको रस स्वादन गर्न इच्छुकको लागी भर्जिन गन्तव्य बन्न सक्छ सुदुरको गाँजरी झरना ।
वरिपरि शान्त, सुन्दर र हरियाली जंगल का बीच आफ्नो छुट्टै अस्तित्व बनाएको छ यस झरनाले ।यस झरना सम्म साईकल ट्रेल र पदमार्गको बनाउने योजना गोदावरी नगरपालिकाले गरेको छ ।
लगभग १५ मिटर लामो यो झरनाको मजा सँगै आगन्तुकले अन्य साना ठूला २-३ वटा झरनाको पनि अवलोकन गर्न सक्नेछन् ।
धनगढी ,अत्तरिया नजिकका आगन्तुकहरु विशेष रूपमा यस झरनामा पुगेर गर्मी भुलाउने गर्दछन् । तर अहिले बर्सातको मौसममा बाटो खराब हुने हुँदा मुस्किलले केही मानिसहरू मात्र झरना सम्म पुग्ने गरेको स्थानीय बताउँछन् ।
कसरी पुग्ने ?
गोदावरी नगरपालिका ४ गाँजर झरना अत्तरिया बाट २२ कि.मि दुरिमा पुग्न सकिन्छ भने यो चुरे पर्वतको अवस्थित छ ।
त्यस्तै स्वाउलेबजार- दिपायल फास्ट ट्रयाक हुँदै हाटकोलि बाट ७ कि.मि अगाडि चेप्टे खोला सम्म गाडिमा जान सकिन्छ। चेप्टे बाट १ घण्टा उकालो यात्रा तय गरेपछी झरनामा पुग्न सकिन्छ।
अभाव प्रचार कै
प्रचार प्रसार को अभाव र खराब सडक व्यवस्थापनका कारण गाँजरी झरना पनि बाटो मुनिको फूल बनेको छ । उचित व्यवस्थापन र आवश्यक प्रचार गर्न सके गाँजरी सँगै यहाँका धेरै गन्तव्यले सार्थकता पाउनेमा कुनै दुई मत छैन ।
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit