धनगढी-गोदावरी साइकल र्याली २०७८ हुने

पर्यटन बजार२२ श्रावण २०७८, शुक्रबार मा प्रकाशित

धनगढी-गोदावरी साइकल र्याली २०७८ हुने

साउन २२ , धनगढी। आरडि कालिका सप्लायर्स प्रा.लि धनगढीको आयोजनामा धनगढी-गोदावरी साइकल र्याली २०७८ हुने भएको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै साइकल र्याली भोलि अर्थात् साउन २३ गते शनिबार हुने जानकारी गराइएको हो।

स्वास्थ्य जीवन वातावरण संरक्षण तथा प्रवद्धनका लागि साईक्लिङ्ग भन्ने नाराका साथ साईकल र्यालीको आयोजना हुन लागेको हो । सो कार्यक्रमलाई प्रित ट्रयाक्टर सुदूरपश्चिम प्रदेश धनगढीले प्रायोजन गरेको छ भने फारवेस्र्टन राईडर्स क्लब एवं धनगढी उपमहानगरपालिकाको सहयोग र समन्वयमा साईकल -याली हुन लागेको आयोजकले जनाएको छ ।

फारवेस्र्टन राईडर्स क्लबका अध्यक्ष भरत शाहका अनुसार शनिबार बिहान ७ बजे धनगढीको चौराहाबाट सुरु भएर गोदावरी पुग्ने जनाएको छ । त्यहाँ पुगेपछि गोदावरी क्षेत्रको सरसफाई गर्ने कार्यक्रम समेत तय भएको उनले बताए ।

पछिल्लो पटक पर्यटकको संख्यामा वृद्धि भएसगै गोदावरी क्षेत्रको पिकनिक स्पट फोहोर भएकोले पनि सरसफाई गर्ने कार्यतालिका रहेको जनाएको छ । सो साईकल र्यालीमा विश्व साईकल यात्री पुस्कर शाह,ओलम्पियन दिपक विष्टको समेत सहभागिता रहने जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?