पर्यटन बजार२५ श्रावण २०७८, सोमबार मा प्रकाशित
साउन २५ , काठमाडौँ। एकातिर ठुलो आवाजमा घन्किरहेको छ कोरोनाबाट बच्ने उपाय सहित तेस्रो लहड बाट सुरक्षित बन्न भौतिक दुरी कायम गर्नुहोस भन्ने सन्देश अनि त्यसकै नजिकबाट लाम लागेर हिँडिरहेका छन् मानिसहरू। यो दृश्य हो आजको अर्थात् चौथो सोमबार पशुपतिनाथको !
मन्दिर प्रवेशद्वार कोरोना कै कारण करिब ४ महिना देखि बन्द अवस्थामा छ तर बाहिरै बाट महादेवको दर्शन गर्न आउनेलाई कसरि बन्द गर्ने ?
भनिन्छ नि सबै कुरालाई रोक्न सकिन्छ तर आस्थालाई रोक्न सकिन्न ! आज भक्तजनको अस्थ यति बढेको छ कि उनीहरूले आफ्नो स्वास्थ्य नै जोखिममा राखेर बाहिरी दर्शन गरेर आनन्द लिई रहेका छन्।
पशुपतिनाथको दृश्य हेर्दा नेपालमा कोरोना पनि छ र ? जस्तो भान हुन्छ। कोरोना बाट बचौँ भन्ने सन्देशमूलक आवाज को पशुपतिमा कुनै अर्थ देखिँदैन न त्यहाँ धाउने सर्वसाधारण को दैनिकी मा। हेरौँ पशुपतिको भिडलाई तस्बिरमा :
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit