पर्यटक प्रहरीबाट बिदा भए सब इन्स्पेक्टर थापा

पर्यटन बजार२५ श्रावण २०७८, सोमबार मा प्रकाशित

पर्यटक प्रहरीबाट बिदा भए सब इन्स्पेक्टर थापा

साउन २५, काठमाडौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका महानिर्देशक रुद्र सिंह तामाङले पर्यटक प्रहरीको खुलेरै प्रसंशा गरेका छन्। पर्यटक प्रहरी निरीक्षक दिनेश थापाको फेरी भेटौला कार्यक्रममा पर्यटक प्रहरीले आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको बताउनुभयो।  

सब इन्स्पेक्टरबाट इन्स्पेक्टरमा बढुवा भएका दिनेश थापालाई बधाई तथा शुभकामना दिंदै उनले एउटा पोस्ट बाट अर्को पोष्टमा बढुवा हुन व्यवसायिक रुपमा संघर्षरत पर्ने बताउँदै हाल पाएको नयाँ जिम्मेवारीलाई पनि उत्तिकै हौसला र जिम्मेवार भएर सम्हाल्नु हनेछ भन्ने आशा लिएको बताए ।

नेपाललाई सुरक्षित पर्यटकीय गन्त्व्यको रुपमा चिनाउन पर्यटक प्रहरीले उल्लेखनीय काम गर्दै आईरहेको बताउदै बिशेष गरी कोरोनाको समयमा पर्यटक प्रहरीले पर्यटकको उद्दार र उनीहरुलाई आफ्नो देश फर्काउन निर्वाह गरेको कार्य तारिफयोग्य छ ” उनले भने ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनन्जय रेग्मीले प्रहरी निरीक्षक थापालाई बधाई दिंदै थप राम्रा राम्रा कार्य गरेर प्रहरी डिपार्टमेन्टलाई गौरवान्वित बनाउन हौसला प्रदान गरेका छन्। पर्यटक प्रहरीले बिगत देखिनै नेपाल टुरिजम बोर्ड संग सहकार्य गरी पर्यटकीय सुरक्षा गर्दै आएको र आगामी दिनमा पनि पर्यटक प्रहरी संगको समन्वयले नयाँ कार्य गर्न सहयोग पुग्नेमा आफु बिश्वस्त रहेको बताए।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्नु भएका पर्यटक प्रहरी इकाई प्रमुख प्रहरी नायव उपरीक्षक तर्क राज पाण्डेले पदोन्नति हुनु भएकोमा प्रहरी निरीक्षक दिनेश थापालाई बधाई दिदै विगत ९ वर्षदेखि पर्यटक प्रहरीको विभिन्न इकाईहरुमा बिभिन्न जिम्मेवारीमा रहेर सफलता पुर्वक पदीय दायित्त्व निर्वाह गर्नु भएकोमा धन्यवाद सहित पदोन्नति पश्चात थपिएको जिम्मेवारीलाई कुशलता पूर्वक वहन गर्नका लागी शुभकामना समेत व्यक्त गरे ।

Facebook Comment

छुटाउनुभयो कि?