डाेटि गाैडाकाे पेटाराे बडिमालिका प्रस्थान

दिपक बहादुर खड्का २५ श्रावण २०७८, सोमबार मा प्रकाशित

डाेटि गाैडाकाे पेटाराे बडिमालिका प्रस्थान

साउन २५ , काठमाडौँ। सुदूर पश्चिमकै धार्मिक तथा पर्यटकीय आस्थाको धरोहर धर्तीकै स्वर्ग बडिमालिकामा विशेष पूजा गर्न सरकारी टोली जिल्ला प्रशासन कार्यालय डोटीका प्रतिनिधिहरू प्रस्थान गरेका छन् ।   भाद्र ४ गते देखि ६  गतेसम्म लाग्ने जनै पूर्णिमा मेलामा सरिक हुन् प्रसिद्ध शैलेश्वरि मन्दिरबाट पेटारो सहित कर्मचारीहरू प्रस्थान गरेका हुन्। 

सधैँ जसो  पुजाको सामान बाँधेर डोटीबाट हिँडेर डोटी गौडाको सिलगढी बजार देखि पैदल मार्ग भई १४ दिनको यात्रा तय गरी बडिमालिका मन्दिर पुग्ने गर्दछन्। आज  साउनको चौथो सोमबार  दिल्पेश्वर मठबाट धानको फुडडि सहित प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको छ  । अन्य वर्ष सर्वसाधारण को ठुलो जमात हुने मन्दिर प्राङ्गण मा  यस वर्ष कोरोनाको डरले कम मानिसको उपस्थिति देखिन्थ्यो  । 

जिल्ला प्रशासन कार्यालय सिलगढीमा पूजाआजा गरी बिधिबत रूपमा सरकारी कर्मचारीहरूले डोल लैजाने चलन अनुसार आज डोल पठाइएको जिल्ला प्रशासन कार्यालय डोटीका प्रशासकीय अधिकृत मधु पौडेलले बताए ।  सिलगढीमा रहेको रुद्रध्वज गणको सैनिक टोली तथा जिल्ला प्रहरी कार्यालय डोटी र सशस्त्र प्रहरी गण दिपायलको टोलीले शैलेश्वरी मन्दिरमा सलामी दिएपछि सरकारी कर्मचारी सहितको सरकारी डोल बाजुरामा रहेको बडिमालिका मन्दिरका लागि प्रस्थान गरेको हो। 

मेलामा कालिकोटको डोल जुम्ला चन्दननाथमा मिसिएर जाने र अछाम, बाजुराको डोटी  जिल्लाबाट जाने टोलीमा बडिमालिकामा सरकारी टोलीको पूजा चढाइपछि सर्वसाधारणले परम्परा अनुसार पुजाअर्चना गर्ने चलन रहेको छ  । यो  चलन परापुर्व कालदेखि चल्दै आएको भएतापनि  ठ्याक्कै कहिले देखि भन्ने अनुमान गर्न सकिएको छैन । 

पहिले पहिले कुमाउ गढवाल देखि पनि पूजामा आउने गरेको शैलेश्वरी मन्दिरका पुजारी प्रेम शङ्कर भट्ट बताउनुहुन्छ । 

अन्य वर्ष हजारौँको सङ्ख्यामा बडिमालिकामा तिर्थालुहरु हुने गर्दथे यस बर्ष कोरोनाले गर्दा खासै तिर्थालुहरुको चाप  नभएको जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा तेज बहादुर खड्काले  बताउनुहुन्छ । 

बडीमालिकाका २२ पाटन, त्यसमा फुलेका कैयौँ प्रजातिका रङ्गीचङ्गी फूल र सेताम्मे भेडाका बथानले त्यहाँको आकर्षण बढाउने गरेको छ। हिउँदका ३ महिना हिउँले ढाक्ने उक्त क्षेत्र १४ हजार फिट उचाइमा छ । 

डोटी गौडा गोरखनाथका तर्फबाट यसरी बडिमालिका पूजामा जाने चलन छ ।

पहिलो दिन –  श्रावण २५ गते – जिल्ला प्रशासन कार्यालय बाट शैलेश्वरि नाचन्थलि हुदै  बडिमालिकाका लागि प्रस्थान र पुर्बि चाैकि खिरसैनमा पूजाआजा धुपबत्ति गरी खिरसैनमा बास बस्ने ।

दोस्रो दिन – पुर्बिचाैकि गाउँपालिकाकै काडामाण्डाै – मन्दिरमा पूजाआजा गर्ने 

तेस्रो दिन – अछाम वैद्यनाथ मन्दिरमा पूजाआजा गर्ने र वैद्यनाथ क्षेत्रमा फलेको धानको सिरुला सहितको कोसेली लग्ने ।

चाैथाेदिन – अछामकै भराणि गाउँको मन्दिरमा पूजाआजा गर्ने ।

पाचौं दिन – साउन २९ गते , अछाममै बिहान बिमकाेटे राजालाई हँसाउने रु ५२ नगद, नरिवल र जनै दिने र हँसाएर मात्रै जाने र जाब्लामा बास बस्ने ।

छैटौं दिन – श्रावण ३० गते – धेरै हिड्नु पर्ने भयकाले बिहानै हिँड्ने  खाना बाटोमा खाने र बाजुराको छतरामा बास बस्ने ।

सातौँ दिन – श्रावण ३० देखि ३२ गतेसम्म छतरामा बास बस्ने धामी बसाल्ने  भाद्र १ गते सबैलाई पोकामा रहेको सामान दिई हँसाएर मात्रै  जाने । साथमा २ जना लिङ्गो बोक्ने मानिस लगेर जाने ।

दशाै दिन भाद्र १ गते – खले टुप्पा बाट लिङ्गो काट्ने सोही ठाउँमा बास बस्ने । 

एघारौँ दिन – भित्ति भन्ने ठाउँमा बास बस्ने ।

बाह्रौँ दिन  – त्रिवेणीमा बस्ने जुम्लाका मान्छेहरू सित सहमति गर्ने नरिवल निगालोको लट्टी दिने र जुम्लाको टोलीले मिठाइ दिन्छन् ।

 तेर्हाै दिन २०७८/५/४ गते – बिहान छत्रले संयुक्त रूपमा नुहाएर बडिमालिका तर्फ प्रस्थान गर्ने ।

चाैधाै दिन – भाद्र ५ गते चतुर्दशीका दिन बडिमालिकामा पूजा गरी नाटेश्वरी झर्ने ।

पन्ध्रौँ दिन – नाटेश्वरि मन्दिरमा बोका र नरिवलको बलिदिने  ।

सत्राै दिन – २०७८ भाद्र ६ गते नाटेश्वरीबाट फिर्ता भएर ७ गते सिलगढीमा पुग्ने ।

Facebook Comment

छुटाउनुभयो कि?