राज्यले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गरेन -पर्यटन व्यवसायी

पर्यटन बजार२७ श्रावण २०७८, बुधबार मा प्रकाशित

राज्यले पर्यटन क्षेत्रको समस्यालाई सम्बोधन गरेन -पर्यटन व्यवसायी

साउन २७ ,काठमाडौँ। कोरोनाका कारण लामो समयदेखी थला परेको पर्यटन क्षेत्र र पर्यटन व्यवसायीको कुनैपनि समस्याको राज्यले समाधान तर्फ ध्यान नदिएको भन्दै पर्यटन व्यवसायीको छाता संगठनहरुले गुनासो गरेका छन्।

पर्यटन व्यवसायसँग सम्बन्धित विभिन्न १२ संघसंस्थाहरूले कोभिड–१९ का कारण शिथिल बनेको पर्यटन क्षेत्र पुनरुत्थानका लागि आवश्यक कदम तत्काल चाल्न आग्रह गर्दै पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नौ बुँदे मागसमेत प्रस्तुत गरेका हुन्।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), होटल संघ नेपाल, ट्रेकिङ एजेन्सिज अफ नेपाल, नेपाल पर्वतारोहण संघ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज, नेपाल एसोसिएसन अफ टुर अपरेटर्स, टुरिस्ट बस एसोसिएसन अफ नेपाल, सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स नेपाल, हिमालय उद्धार संघ, नेपाल पर्यटक यातायात व्यवसायी संघ, एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपाल र पाटा नेपाल च्याप्टरले पर्यटन क्षेत्र पुनरुत्थानका लागि आफ्ना माग प्रस्तुत गरेका छन्।

यस्तो छ मागसहितको बिज्ञप्ति

पर्यटन एक बहुआयामिक उद्योग हो जसले राज्यका सम्पूर्ण निकायहरु, उद्योग÷ व्यापार–व्यवसायहरु तथा सबै प्रकारका जनशक्तिहरुसंग प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा अन्तरसम्बन्ध कायम गरी सबैका लागि आर्थिक लगायतबहुमुखी लाभ प्रदान गराउने कुरामा कुनै दुई मत छैन । एउटा पर्यटकको आगमनले फरक–फरक दक्षता र क्षेत्रका १२ जना जनशक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने यथार्थता विद्यमान भएतापनि सरकारद्वारा पर्यटन क्षेत्रलाई साँघुरो दायरा भित्र लिनु अतिकम प्राथमिकताको उद्योगको रुपमा हेरिनु र पर्यटन सम्बद्ध संघ÷संस्थाहरुले पर्यटन क्षेत्रको हक–हीत र दीगो बिकासका लागि उठाइएका माग एवम् सुझावहरु पटक–पटक यथोचित सम्बोधन नहुनु हाम्रा लागि एक दुर्भाग्य एवम् विडम्बनाको बिषय बनेको छ ।

कोभिड–१९ को महामारीले अत्यन्तै प्रभावित तथा शिथिल बनेको पर्यटन उद्योगको वर्तमान अवस्थामा हामी कसरी संघर्ष गरिरहेका छौं त्यो सबैलाई विदितै छ र यस संकटले निम्त्याएको अन्योलता र अनिश्चितताका कारण कतिपय व्यवसाय सदाका लागि बन्द हुने, दक्षजनशक्तिहरु पलायन हुने र समयमै पर्यटनको बचाउका लागि आवस्यक कदमहरु अघि नसारे पर्यटन पुनरुत्थान निकै जटील बन्ने प्रमुख चिन्ता विद्यमान रहेको छ ।


पर्यटन क्षेत्र पुनःसुचारु तथा पुनरुत्थानका लागि तत्काल सम्बोधन गरिनुपर्ने देहाय बमोजिमका मागहरु रहेका छन्


१) आर्थिक बर्ष २०७८÷७९ का बजेटमा घोषणा गरिएका पर्यटनसंग सम्बन्धित नीति तथा कार्यक्रमहरु यथाशिघ्र लागू गर्ने ।
२) देशभरी पर्यटकीय गन्तव्यहरुमा अग्रपंक्तिमा रही खटिएका पर्यटन सेवाप्रदायक व्यवसायी तथा
सम्बन्धित क्षेत्रका कामदार, कर्मचारीहरुलाई एवम् सरोकारवालाहरुलाई कोभिड–१९ विरुद्धको खोप
लगाउने व्यवस्था यथासिघ्र (३० दिनभित्र) हुनुपर्ने साथै सम्पूर्ण नेपालीहरुलाई कोभिडका विरुद्ध
खोप उपलब्ध गराई विश्व पर्यटन क्षेत्रमा विश्वसनिय वातावरणको लागि पहल गरि सम्पूर्ण
पर्यटकीय क्षेत्रहरु खुल्ला गर्नु पर्ने ।
३) कोभिडविरुद्धको खोपको मात्रा पूरा गरी नेपाल आउने पर्यटकहरुलाई क्वारेन्टिन बस्न नपर्ने तथा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रवेश बिन्दुहरुमा पीसीआर टेष्टको व्यवस्था गरी
पोजिटिभले मात्र क्वारेन्टिन बस्नु पर्ने व्यवस्था गर्ने ।
४) नेपालको सबै स्रोत बजारहरु (पर्यटक बस्ने देशहरू÷शहरहरू) मा भिसा जारी गर्ने निकायहरु
नरहेकाले पर्यटकहरुको यात्रा सहजीकरण र नेपाल घुम्न प्रेरित गर्नका लागि अनलाईन भिसा (ई–
भिजा) सेवा प्रणाली मार्फत सहजरुपमा “भिसा अन–अराइभल” व्यवस्था लागु गर्नुका साथै फ्रि
भिसाको कायांन्वन अबिलम्ब शुरु गरि
पर्यटकीय सेवा प्रदायक होटल÷एजेन्टहरु मार्फत मात्रै भ्रमण
गर्न पाउनु पर्ने व्यवस्था लागू गर्नु पर्ने ।
५) स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन देशव्यापी तालिम तथा अनुगमन
संयन्त्रको व्यवस्था गरिनुपर्ने ।
६) सीसीएमसीमा पर्यटन सम्बद्ध मूख्य छाता–संगठनका अध्यक्षहरुमध्येबाट प्रतिनिधित्व हुनुपर्ने ।

७) पर्यटक वारी सम्बन्धमा तुरुन्तै जारी हुन लागेको इम्ब्रोस्ट नम्बर प्लेट पर्यटक सवारीसाधनमा
हाल भइरहेको हरियो प्लेट जस्तै छुट्टै किसिमको पहिचान हुने गरी व्यवस्था हुनुपर्ने तथा पर्यटक
सवारीहरु सहज रुपमा मुलुकका विभिन्न प्रदेशहरुमा विना रोकटोक थप आर्थिक भार विना
झण्झटरहित आवागमन
गर्न पाउनु पर्ने ।
८) ट्रेकिङ्ग, टुर, र्याफ़्टीङ्ग लगायत अन्य साहषिक कम्पनिहरुको निम्नतम अधिकृत पुजी २५ लाख
बराबरको बिना धितो सुन्य प्रतिसत ब्याज दरमा ऋणको ब्यवस्था गर्ने । यस्तो ऋणको अधिकतम
अबधी ५ बर्ष कायम गर्ने ।
९) कोभिड–१९ का कारणले पर्यटन यातायात संचालन नभएको अवस्थामा सवारी कर पूर्ण रुपले छुट

गर्नुका साथै आ.व. २०७६÷७७ र २०७७÷७८ को जरिवाना पूर्ण छुट गर्नु पर्ने पर्यटकीय यातायात
व्यवसायीहरुको लागि ३% मा कर्जा उपलब्ध गराउनु पर्ने साथै सवारी साधन जांचपास तथा प्रदुषण
परिक्षण शिर्षकमा लाग्ने कर तथा जरिवाना एक बर्षको लागि सतप्रतिशत मिनाहा गर्नु पर्ने । सवारी
साधन संचालन नरहेको अवधिलाई शुन्य समय गणना गरि सवारी साधनको विमा वापतको
रकमलाई कम्तिमा १ बर्षको लागि मिनाहा गर्नु पर्ने ।

Facebook Comment

छुटाउनुभयो कि?