गेट बाहिरैबाट नागलाई ढोगेर फर्किए नागपोखरीमा भक्तजनहरु !

पर्यटन बजार२९ श्रावण २०७८, शुक्रबार मा प्रकाशित

गेट बाहिरैबाट नागलाई ढोगेर फर्किए नागपोखरीमा भक्तजनहरु !

साउन २९ ,काठमाडौँ। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज शुक्रवार परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । सधैँ राम्रोसंग पुजाआजा गरी मनाइने नाग पंचमी यसपाली भने खुम्चिएको छ।

अन्य समय भक्तजनको भिंड हुने नाग पोखरी यसपाली भने सुनसान देखिएको छ। कोरोनाका कारण नागपोखरीमा प्रवेश रोक लगाए संगै गेट बाहिरै बाट ढोगेर भक्ताजनहरु फर्किएका छन्।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ ।

आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।

 

 

तस्बिर : वर्षा सिवाकोटी

Facebook Comment

छुटाउनुभयो कि?