पर्यटन बजार३२ श्रावण २०७८, सोमबार मा प्रकाशित
साउन ३२, काठमाडौँ । आज साउनको अन्तिम सोमबार पशुपति मन्दिर आसपासमा श्रद्धालु भक्तजनको भिड लागेको छ । कोरोनाको कारण धेरै समय देखि मन्दिर बन्द हुँदै आएको भएपनी साउनको सोमबार मन्दिर परिसर बाहिर धेरै मात्रामा भक्तहरूको भिड लागेको छ ।
साउन महिना भगवान् शिवको महिना हो , प्रत्येक वर्ष साउनको सोमबार महिलाहरू चोखोनितो गरेर शिवको व्रत बस्ने गर्छन् ।काठमाडौँको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरूमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।
तस्विर :वर्षा सिवाकोटी
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit