एनटीभीएको केन्द्रीय अध्यक्षमा सन्तोष न्यौपानेको उम्मेदवारी घोषणा 

पर्यटन बजार३२ श्रावण २०७८, सोमबार मा प्रकाशित

एनटीभीएको केन्द्रीय अध्यक्षमा सन्तोष न्यौपानेको उम्मेदवारी घोषणा 

साउन ३२ , काठमाडौँ।नेपाल टुरिस्ट भेहिकल एसोसिएशन (एनटीभीए)को केन्द्रीय अध्यक्षमा हालका महासचिव सन्तोष न्यौपानेले उम्मेदवारी दिने भएका छन् । आउँदो भदौ ११ गते हुने एनटीभीएको १८ औं वार्षिक साधारणसभा तथा निर्वाचन मिति नजिकिएसँगै उनले नेतृत्वका लागि आवश्यक गृहकार्य सुरु गरेका छन् ।

लामो समय देखि पर्यटक यातायातमा क्रियाशील न्यौपाने एनटीभीएको तिन कार्यकाल महासचिवको रूपमा रहेर कार्यभार सम्हालिसकेका छन् । नेपाल पर्यटक यातायात व्यवसायी सङ्घको केन्द्रीय अध्यक्षमा आफ्नो उम्मेदवारी दृढ रहेको न्यौपानेले बताएका छन्। हालको परिस्थिति , संस्थाको उत्तरदायित्व , व्यवसायीको हकहितको कार्यलाई मैले राम्रो सँग बुझेको छु ,त्यसैले अध्यक्ष को पद मैले राम्रो सँग सम्हाल्न सक्ने कुरामा कुनै दुई मत छैन , उनले भने।

कोरोनाको समयमा व्यवसायीले भोग्नुपरेको समस्याको समाधान , जिम्मेवार पर्यटन यातायातको भूमिका र  अधिकतम सेवा सुविधाका साथ पर्यटकीय गन्तव्यमा पर्यटकलाई पुर्‍याउन आफूले उम्मेदवारी घोषणा गरेको समेत न्यौपानेले बताएका छन्।

उनले तत्कालीन समयमा एनटीभीएमा धेरै समस्याहरू रहेको भन्दै ती समस्या समाधानका लागि आफूले नेतृत्व लिन चाहेको बताए । उनी भन्छन्  “पर्यटक यातायात व्यवसायले करिब १० अर्बको घाटा बेहोरिसकेको अवस्था छ तर राज्यबाट  उठाइने करमा  कुनै छुट छैन न त यस्तो अवस्थामा बैङ्कले नै कुनै छुट दिएको छ , अझै दिनरात फोन गरेर तनाव दिने कार्य बढिरहेको समयमा मेरो पहिलो काम अथवा एजेन्डा  भनेकै पर्यटक यातायात व्यवसायीलाई यी समस्याबाट राहत दिलाउने गृहकार्य हुनेछ। “

विगतका अध्यक्षभन्दा यस पटकको अध्यक्षले फरक के कार्य गर्नुपर्छ भन्ने पर्यटन बजारको प्रश्नमा उनी  भन्छन् ” पहिलेका अध्यक्षहरूले पनि राम्रा कार्य गर्नुभएको छ तर यसपटक हामी कोरोनासँग लडिरहेका छौँ र हाम्रा व्यवसायी साथीहरू बैङ्कको चर्को ब्याज , प्रिमियम , करलगायतका चिजले झन् थला पर्नुभएको छ।  उहाँहरूलाई व्यवसाय गर्ने र ऋण तिर्न समय थप गरेर केही भए पनि राहत दिलाउने कार्य यस पटकको अध्यक्षको ठुलो जिम्मेवारी हुनेछ। त्यस्तै हामीलाई भारत र चाइना जसले स्वयम् गाडी  उत्पादन गर्छन् ती  देशको पर्यटनसँग तुलना गरिन्छ , त्यस तुलना अनुरूप ती देशसँग फाइट गर्न सक्ने सुविधा हामीले कसरी  दिनसक्छौँ  त्यसबारे अध्ययन गर्नुपर्छ। “

Facebook Comment

छुटाउनुभयो कि?