सन्चारकर्मी ढकालको ” मन मनमा नेपालीको नेपाल जगाइदेउ”सार्वजनिक

पर्यटन बजार३२ श्रावण २०७८, सोमबार मा प्रकाशित

सन्चारकर्मी ढकालको ” मन मनमा नेपालीको नेपाल जगाइदेउ”सार्वजनिक

साउन ३२ , काठमाडौँ। सन्चारकर्मी पूरुषोत्तम ढकालको मातृभूमिको नाममा “मन मनमा नेपालीको नेपाल जगाइदेउ” बोलको गीत सार्वजनिक भएको छ ।

राप्रपा अध्यक्ष डा। प्रकाश चन्द्र लोहनी, पूर्व प्रधानसेनापति रुक्मांगद कटुवालमार्फत शनिबार राती गीत लोकार्पण गरिएको हो । गीत म्युजिक नेपाल कम्पनि मार्फत सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियोमा नदिको देश नेपाल, हिमालको देश नेपाल, कला धर्म संस्कृतिको देश नेपाल, शान्तीको भुमि नेपाल भन्दै दृश्य मार्फत सुन्दर नेपालको वर्णन गरिएको छ ।

पूरुषोत्तम ढकालको शब्द, सुरज कुमार थापाको एरेन्ज र संगीत रहेको गीतमा थापकै आवाज रहेको छ । थापालाई बानिका प्रधानले आवाजमा साथ दिएकी छिन । मुख्य अभिनय धिरेन शाक्य र रिना थापा मगरको रहेको छ भने गीतमा सहायक भुमिकामा अन्य कलाकारको प्रस्तुती रहेको छ । भागिरथी गाहा मगरको कोरियोग्राफ, निर्देशकमा नीतिन चन्दले र क्यामरामा दिपक जोशी, दृश्य सम्पादनमा सदिस जोशी र संगीत बानियाले सहयोग छन् ।

गीतले मातृभूमि नेपाल सानो देश, बहुल भाषा र बहुल संस्कृतिको केन्द्र हो, जहाँ जाती, समुदाय र भेग अनुसारका लोक गीत, नृत्य र संगीतको अपार खजाना छ । तिनै लोक गीत, नृत्य र संगीतले हामीलाई जोडेको छ । आज जताततै मन फुटेको अवस्थामा यस्ता गीतले देश सम्झेर जोडिन प्रेरित गर्छन् भन्ने लागेर काम गरेको हौं“ सर्जक ढकालले बताएका छन् । सर्जकले आगामी दिनमा यस्ता सृजना बजारमा ल्याईरहने बताए ।

Facebook Comment

छुटाउनुभयो कि?