पर्यटन बजार२ भाद्र २०७८, बुधबार मा प्रकाशित
भदौ २ , सिन्धुपाल्चोक। प्राकृतिक सुन्दरता र संस्कृतिले भरिपूर्ण ट्रेकिङ गन्तव्य हो, पाँच पोखरी। पछिल्लो समय पाँचपोखरीको चर्चा पनि बिस्तारै चुलिदै गएको छ। सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दू धर्मको महत्व बोकेको धार्मिकस्थल हो पाँच पोखरी। इन्द्रावतीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नाम छन्– भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड।
यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कुरुक्षेत्र) समानका तीर्थस्थल भनिएको छ।
पाँच पोखरी ताल सुन्दरताका हिसाबले मात्रै नभएर धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छ। जनैपूर्णिमाको दिन सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र मेलम्ची नगरपालिका दुवैतिरबाट जान सकिने पाँचपोखरी क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको संरक्षण क्षेत्रभित्र पर्दछ।
हाल उही पाँचपोखरीले फुलको गलैचा बिछ्याएर पर्यटकलाई स्वागत गरिरहेको छ। हेरौं तस्बिरमा :
तस्बिर : देब गुरुङ
Copyright @ 2019 Paryatanbazar.com, Alright Reserved | Designed & Developed by freelancerunit