जनैपूणिर्मा नजिकिदै गर्दा गोसाइँकुण्ड जाने यात्रु बढे!

पर्यटन बजार५ भाद्र २०७८, शनिबार मा प्रकाशित

जनैपूणिर्मा नजिकिदै गर्दा  गोसाइँकुण्ड जाने यात्रु बढे!

भदौ ३, रसुवा। जनैपूर्णिमाको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन निलाद्री पर्वत उक्लिन थालेका छन् । कोरोनाको जोखिमीलाई मध्यनजर गर्दै गोसाइँकुण्ड क्षेत्र विकास समितिले यसअघि नै मेलाका सबै औपचारिक कार्यक्रम कार्यक्रम स्थगन गरिएको घोषणा गरिसकेको छ ।                                                        बर्सेनि १० हजारभन्दा बढी यात्रु पुग्ने गोसाइँकुण्ड मा गत बर्ष देखि भने कोरोनाको कारण फाट्टफुट्ट भक्तजन मास्क लगाएर सजगता अपनाउँदै गोसाइँकुण्ड जाने गरेको छ्न ।                   

भदौ २ गतेको पुत्रदा एकादशीदेखि ६ गते जनैपूर्णिमासम्म गोसाइँकुण्डमा विशेष मेला आयोजना गरिने परम्परा छ । रसुवालगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमण बढिरहेका कारण यस वर्षको मेला स्थगन गरेको हो ।                   

Facebook Comment

छुटाउनुभयो कि?