गोसाईकुण्ड दर्शनमा गएका एक तिर्थयात्रीको रेस्क्यु

पर्यटन बजार९ भाद्र २०७८, बुधबार मा प्रकाशित

गोसाईकुण्ड दर्शनमा गएका एक तिर्थयात्रीको रेस्क्यु

भदौ ९ , रसुवा । जनै पुर्णिमाको अवसरमा पवित्र तिर्थस्थल गोसाइकुण्ड दर्शन गर्न आएका भक्तपुरका कल्काकुमार कुटुलाई प्रहरीले उद्धार गरेको छ। गोसाईकुण्ड दर्शनका लागि गएका भक्तपुरका कुटुलाई गोसाईकुण्ड छेउको होटलमा अचेत अवस्थामा प्रहरीले फेला परेको थियो।

नेपाली सेना र प्रहरिको टोलीले उनलाई चोलाङपाटी, चन्दनबारी , देउराली लगायतका स्थानमा रोक्दै औषधी खुवाउँ दै धुन्चे पुर्याएको थियो।

सोमबार रातको १०ः३० बजेको समयमा उद्धार गरि धुन्चेमा ल्याई उपचार भई रहेकोमा थप उपचारको लागि परिवारका मानिसको सहयोगमा काठमाण्डौ तर्फ पठाइएको छ ।

थप उपचारकालागि रसुवा जिल्ला अस्पतालमा डिजिटल एक्सरे मेसिन नहुँदा पेट र छातीको उपचारमा समस्या भएको रसुवा जिल्ला अस्पतालले जनाएको छ ।

गोसाईकुण्ड मेलामा यसपटक कोरोना महामारीका कारण मेला नगर्ने भनिएपनि अन्तिम समयमा भक्तालुहरु ठूलो संख्यामा आएका थिए ।इन्स्पेक्टर सबिन कार्की का अनुसार मेला नहुने भनिएपछि हामीले स्वास्थ्य शिविरहरु राखेनौं त्यसकारण पनि भक्तालुहरुमा लेक लाग्ने समस्या बढि देखिएको हो ।

त्यस्तै नेपाली सेना र नेपाल प्रहरिले एक महिलाको खुट्टा भाँचिएको अवस्थामा उद्धार गरेको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?