बडिमालिकामा साईकल पुर्याएर इतिहास रच्यौं – भरत विक्रम शाह

पर्यटन बजार१० भाद्र २०७८, बिहीबार मा प्रकाशित

बडिमालिकामा साईकल पुर्याएर इतिहास रच्यौं – भरत विक्रम शाह

भदौ१०, काठमाडौँ। जनैपूर्णिमाको अवसर पारेर पहिलोपटक साइकलमा बडिमालिका पुगेर फारवेष्टर्न राईडर्सले इतिहास रचेको छ । फारवेष्टर्न राईडर्स धनगढीले साइकलबाट समुन्द्र सतहबाट ४२०० मिटरको उचाइमा रहेको सुदूरपश्चिमकै महत्त्वपूर्ण शक्तिपीठ बडिमालिकाको यात्रा सफलतापूर्वक पार गरेर इतिहास रचेको हो  ।

साइकलबाट बडिमालिकाको यात्रा गर्ने फारवेष्टर्न राईडर्स पहिलो टिम हो । साइकल यात्री भरत विक्रम शाहको नेतृत्वमा विकास महर्जन सहित ११ सदस्यीय टोलीले साइकलबाट बडिमालिकाको यात्रा सफलतापूर्वक पार गरेको हो । टोलीमा कुबेर बहादुर शाही, दुर्गा अधिकारी, प्रकाश शाही, सुवास चन्द, रवि भट्ट, केशव भट्ट, कुशल विष्ट, रोशन भट्ट र किरण बोहरा सहभागिता रहेको थियो ।

८० देखि ९० डिग्रीको उकालोमा साइकल यात्रा गर्नु अत्यन्त जोखिम र रोमाञ्चकारी भएपनि सफलतापूर्वक यात्रा पुरा गरेर साइकलमा बडिमालिका यात्रा गर्न सकिने सन्देश दिएको शाहले बताए ।  बडिमालिका माता रानीको दर्शन यात्रा सङ्गै इतिहासमै पहिलो पटक साइकल सहित बडिमालिका पुगेको र समग्र सुदूर पश्चिम को पर्यटनलाई हाम्रो साइकल यात्राले थप उचाइमा पुर्‍याउने छ भन्ने हामीले आशा लिएका छौँ ,शाहले भने।

बडिमालिकामा साइकल पुर्‍याउनु मेरो एउटा सपना थियो र अहिले म मेरो सपनालाई साकार गरेर फर्किएको छु , एकदमै गौरवान्वित महसुस भएको छ उनले भने। साथीहरूको साथ र सहयोग बिना यो कार्य सफल र सहज हुने थिएन , फारवेष्टर्न राईडर्सका सबै साथीलाई धन्यवाद भन्न चाहन्छु , शाहले भावुक हुँदै भने।

प्रख्यात र शक्तिशाली हुँदा हुँदै पनि भौगोलिक विकटता र प्रचारप्रसारको अभावमा छायामा पर्दै आएको छ।  यही कुरालाई मध्यनजर गर्दै यस साइकल यात्रीको टोलीले साइकल यात्राबाट पनि बडिमालिका पुग्न सकिन्छ , इच्छा भयो भने माता ले नै यहाँ सम्मको यात्रामा सहजता पुर्‍याउनुहुन्छ  र हाइ अल्टिच्युडमा साइकल खेल समेत गर्न सकिन्छ भन्ने जनमानसमा सकारात्मक सन्देश जाओस् भन्ने हेतुका साथ यात्रा सुरु गरेको हो।

 ग्रिन गोदावरी रिसोर्टका प्रबन्ध निर्देशक रवि भट्टले धार्मिक पर्यटनलाई सघाउ पुगोस् भन्ने उद्देश्यले टिमको लागी आवश्यक पर्ने टेन्ट, म्याट, स्लिपिङ्ग ब्याग, स्टिकहरु उपलब्ध गराएका थिए ।

बडिमालिकाको साइकल यात्रालाई सम्भव बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रदेश खेलकुद परिषद्का सदस्य दुर्गा अधिकारीलाई टिमका सदस्यहरूले धन्यवाद व्यक्त गरेका छन् ।

टिममा रहेका सुदूरपश्चिम ११ स्पोर्ट्स क्लबका महासचिव प्रकाश शाहीले बडिमालिकाको धार्मिक आस्था र पर्यटकीय पाटोलाई प्रबर्द्धन गर्न खेलकुद मार्फत सहयोग गर्ने बताए ।  निसर्ग अस्पतालले साइकल यात्रीहरूलाई औषधी तथा स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो ।

बडिमालिकामा रहेका २२ वटा समथर फाँट, बगैँचामा झैँ फुलेका रगीचंगी फूल, त्रिवेणी, विष्णुपानी, खेतीबेती, लौरी विनायक, धर्मद्धार बडिमालिका क्षेत्रका मुख्य स्थल हुन । हिमपात हुने बेला त्रिवेणी पाटनमा हिउँ चिप्लेटी (आइस स्केटिङ) को सम्भावना रहेको जानकारहरू बताउँछन् । यहाँ दुर्लभ वन्यजन्तु र सयौँ प्रजातिका जडीबुटी यहाँ पाइने वन प्राविधिकहरू बताउँछन् ।

बडिमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण मानिन्छ । नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडिमालिकाका गहना हुन् बडीमालीकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन् । तर अचेल यी फाँटहरू बिस्तारै मासिँदै छन् । यी फाँटमा अनावश्यक चरन र जडीबुटी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लावासीको गुनासो छ ।

Facebook Comment

छुटाउनुभयो कि?