कोरोनाले थलिएको कर्णालीको पर्यटन क्षेत्र लयमा फर्किदै

पर्यटन बजार१३ भाद्र २०७८, आईतवार मा प्रकाशित

कोरोनाले थलिएको कर्णालीको पर्यटन क्षेत्र लयमा फर्किदै

भदौ १३, काठमाण्डौ। कोरोनाले थला परेको कर्णालीको पर्यटन क्षेत्र फेरि पुरानै लयमा फर्किन थालेको छ । पहिलो र दोस्रो लहरको कोभिडका कारण सुस्ताको कर्णालीको पर्यटन क्षेत्रमा पुन चहलपहल बढ्न थालेको छ । कर्णालीका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको हो ।

नेपालको ठूलो रारा तालमा गएको ३/४ महिनादेखि आन्तरिक पर्यटकको आगमन बढेपनि हुम्ला मानसरोबर, डोल्पाको सेफोक्सुण्डो जुम्लाको चन्दननाथलगायतका क्षेत्रमा बाह्य पर्यटक आउने त्रम बढेको छ ।

विशेषगरी हुम्लाको कैलाश मानसरोवर दर्शन गर्न भारतीय सदगुरुसहितको टोली हुम्ला पुगेसँगै कर्णालीको पर्यटन क्षेत्रमा चहल पहल बढेको छ ।स्वास्थ्यको मापदण्ड पूरा गरेर जुम्ला, मुगु, हुम्ला र डोल्पा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको पर्यटन व्यवसायीहरुले बताएका छन् । हुम्लाका पर्यटन व्यवसायी विजय लामाका अनुसार सदगुरुले हुम्ला विमानस्थलदेखि लाप्चासम्म पदैल यात्रा गर्ने भएका छन् ।

लाप्चाबाटै मानसरोबारको दर्शन गरिने भएकाले पैदल यात्रा गर्ने र बीचमा सदगुरुको स्वागतका स्थानीय संस्कृति झल्कीने झाँक्री प्रस्तुत गर्ने तयारीसमेत गरिएको छ । सदगुरु र उनका साथमा ५९ जना पर्यटक, ५५ जना पर्यटन व्यवसायीसहितको टोली रहेको छ । सदगुरुको टोलीलाई कैलाश मानसरोबर पुग्न ११ दिन लाग्ने व्यवसायी लामाले उल्लेख गरे ।

यता जुम्लाका पर्यटत व्यवसायी नोर्बु लामाले पनि कर्णालीको पर्यटन क्षेत्र फेरि पुरानै लयमा फर्किन थालेको बताए । कोरोनाले दुई वर्षसम्म ठप्प भएको पदयात्रा पनि सञ्चालनमा आउने उनको भनाइ छ । हुम्लाको मानसरोवर दर्शन गर्न जुम्ला हुँदै जाने पर्यटक बढेको उनको भनाइ छ । जुम्लामा केही घुमेर पदयात्रा गरी अधिकांश पर्यटक मुगु रारा हँुदै हुम्ला पुगेका छन् ।

करिब पाँच हजार मिटर अग्लो स्थानमा रहेको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्नका लागि सदगुरुको भ्रमणले आगामी दिन अन्य पर्यटकको पनि आर्कषण बढ्ने आशामा पर्यटन व्यवसायी छन् ।

Facebook Comment

छुटाउनुभयो कि?