काठमाडौंमा पनि मनाइयो गौरा पर्व

पर्यटन बजार१४ भाद्र २०७८, सोमबार मा प्रकाशित

काठमाडौंमा पनि मनाइयो गौरा पर्व

भदौ १४, काठमाण्डौ। सुदूरपश्चिमका बासिन्दाले आज हर्षोल्लासका साथ गौरा पर्व मनाउँदैछन् । उनीहरुले आज गौरा पर्वको अन्तिम दिन विधिपूर्वक दुबोको पूजासहित गौरा पर्व मनाइरहेका छन् । धार्मिक मान्यतानुसार गौराकी सौताका रुपमा ‘सञ्ज्या’ लाई ल्याएर ‘दुर्बा’ अर्थात दुबोको पूजा हुने गरेकाले दुर्बाष्टमी भन्ने गरिएको छ आज गौरा पर्वको अन्तिम र महत्वपूर्ण दिन हो । हिजो अमुक्ताभरण सप्‍तमीका दिन गौरा घरमा भित्र्याइएको गौरालाई व्रतालु महिलाहरुले गौराखला (आँगन) मा लगेर पूजा गर्ने चलन छ ।

अष्टमी र दुबो दुवै भगवतीका प्रिय हुन् । त्यसैले गौरा मनाउने क्षेत्रमा दुर्बाष्टमीको विशेष महत्व छ । सोही सिलसिलामा सुदूरपश्चिमबाट काठमाडौं आई बसोबास गर्ने सर्वसाधारणहरूले पनि गौरा पर्व मनाएका छन् । कोभिड १९ महामारीका कारण यो वर्षको गौरा पनि सामान्य ढंगले मनाइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?