धैर्यता सकिँदै गएको छ – ठमेल व्यवसायी

पर्यटन बजार१६ भाद्र २०७८, बुधबार मा प्रकाशित

धैर्यता सकिँदै गएको छ – ठमेल व्यवसायी

भदौ १६ ,काठमाडौँ। काठमाण्डाैकाे ठमेलका व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका छन् । ठमेलमा रहेका घरधनी, व्यवसायी तथा कर्मचारीहरु सबैले कोभिड १९ विरुद्धको खोप लगाइसकेको भन्दै उनीहरुले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण बनाउन माग गरेका हुन् ।

काेराेना संक्रमणका कारण जारी गरिएको निषेधाज्ञाले काठमाण्डाैको प्रमुख व्यापारिक केन्द्र ठमेललाई पनि असर पुर्‍याएको छ । रात्रिकालीन व्यवसाय प्राय ठप्प छ । ठमेलमा दिवा तथा रात्रिकालीन व्यवसाय गर्न नपाउँदा घरधनी, पर्यटन व्यवसायी, मजदुर तथा कर्मचारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै निर्वाध रुपमा व्यवसाय सञ्चालन गर्न दिन माग गरेको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्माले बताउनुभयो ।

उहाँले निषेधाज्ञा अघिको समयमा जस्तैगरी व्यवसाय गर्न पाउनुपर्ने आफूहरुको माग रहेको बताउनुभयो । हामीले लामै समय धैर्य गरिसक्यौं तर अब धैर्य गर्ने अवस्था पनि नरहेको र अब ब्यबसायी जोगाउने एक मात्र उपाय भनेको ब्यबसाय संचालन नै हो , उहाँले बताउनुभयो।

Facebook Comment

छुटाउनुभयो कि?