गोकर्णेश्वरको भगवती स्थानमा शंख निर्माण गरिने

पर्यटन बजार१७ भाद्र २०७८, बिहीबार मा प्रकाशित

गोकर्णेश्वरको भगवती स्थानमा शंख निर्माण गरिने

भदौ १७ ,काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोल भगवती स्थानमा शंख  निर्माण गरिने भएको छ  । नगर प्रमुख सन्तोष चालिसेले भगवतीस्थान चोकमा शंख निर्माणको लागि भुमिपुजन सहित सोमबार शिलान्यास गरेका हुन् ।

करिब १५ लाखको लागतमा निर्माण हुने उक्त मूर्तिको लागि हाललाई वडाले ५ लाख विनियोजन गरेको  छ  ।  शंखडोल  नामको जगेर्ना गर्ने उद्देश्य सहित शंखको मूर्ति निर्माण गर्न लागिएको नगरका मेयर चालिसेले जानकारी गराउनुभयो। मूर्ति बनाउनमा कुनै कन्जुस्याइँ नगर्न र गुणस्तरीय रुपमा समयमा नै निर्माण गर्न समेत उहाँले आग्रह गर्नुभयो।

उक्त कार्यक्रममा उप प्रमुख शान्ति नेपाल , गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजीव थापा , गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्री कुमार श्रेष्ठ,गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल वडानं ९ कि सदस्य सत्यभामा श्रेष्ठ,  हरिकृष्ण करन्जित, गमला परियार गोकर्णेश्वर नगरपालिका वडा नं ४का वडा सदस्य   बालकृष्ण श्रेष्ठ शंखडोल कराते  एकेडेमी प्रमुख प्रशिक्षक शिवराम करन्जित,महानगरीय प्रहरी प्रभाग  गोकर्णका  कार्यलय प्रमुखप्रहरी नायब निरीक्षक  रामजी घिमिरेलगायत विभिन्न संघ संस्थाका प्रतिनिधि सहित स्थानीयको उपस्थिति रहेको थियो।

Facebook Comment

छुटाउनुभयो कि?