पर्यटन श्रमिकहरूद्वारा नेपाल पर्यटन बोर्ड अगाडी आन्दोलन !

पर्यटन बजार२१ भाद्र २०७८, सोमबार मा प्रकाशित

पर्यटन श्रमिकहरूद्वारा नेपाल पर्यटन बोर्ड अगाडी आन्दोलन !

भाद्र २१,काठमाडौँ। कोभिड महामारीबाट सबैभन्दा पहिले र बढी प्रभावित पर्यटन क्षेत्र अहिले शून्य गतिविधिको अवस्थामा छ ।  व्यवसायीहरू पनि घाटामै छन् भने सबैभन्दा धेरै चपेटमा परेका छन् पर्यटन श्रमिकहरू।  तर सरकार र सम्बन्धित निकायले अझै सम्म पर्यटन श्रमिक जोगाउन केही गरिरहेको छैन।

यही मूक भएर हेरिरहने सरकार र सम्बन्धित निकायहरूलाई खबरदारी गराउन  स्वतन्त्र पर्यटन श्रमिकहरूको छाता सङ्गठन नेपाल स्वतन्त्र पर्यटन श्रमिक सङ्घ (निटोग) ले आज नेपाल पर्यटन बोर्डको कार्यालय अगाडी शान्तिपूर्ण आन्दोलन गरेको छ।

कोरोना महामारीको कारण चपेटमा परेका श्रमिकहरूलाई धेरै समय बितिसक्दा पनि सम्बन्धित निकायहरू बाट कुनै पनि किसिमको सहयोग नभएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।  नेपाल पर्यटन बोर्डले सीमित व्यक्तिको आफ्नो दैनिक जीविकोपार्जनमा परेको समस्या लिएर धेरै पटक हामीले सरकार, टुरिजम बोर्ड लगायत सम्बन्धित निकायमा पुग्यौ तर पनि हामी श्रमिक को समस्या सुनुवाइ नभएपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिएको हौ।  यस्तै पूर्ण मात्राको खोप लगाई पिसिआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने पर्यटकलाई समेत क्वारेनटाइन बस्नुपर्ने नियमले पर्यटकहरूलाई नेपाल आउन निरुत्साहित गरेको र यसले दक्ष पर्यटन श्रमिकहरूमा अनिश्चित भविष्यको चिन्ता र निराशा बढाएको निटोगका  अध्यक्ष रामकाजी तिवारी भन्छन्।

हामीले तपाईँहरूको हक हित र सुरक्षाको निमित्त विभिन्न योजनाहरू बनाउँदै छौ भने मन्त्रालयमा तपाइहरूकै निम्ति दौडिरहेका छौ।  तपाईँहरूले हामी समक्ष राखेको माग नै हामीले सरकार समक्ष राखिरहेका छौ आशा छ हामी छिट्टै तपाईँहरूको माग पुरा गर्ने छौ।  श्रमिकको मागलाई  सम्बोधन गर्दै नेपाल पर्यटन बोर्डका अध्यक्ष डा. धनञ्जय रेग्मीले बताए ।

आन्दोलनमा श्रमिकहरूले आफ्ना विभिन्न खाले माग झल्कने नाराहरूका बोकेका छन् भने युएनडिपी र नेपाल पर्यटन बोर्डले चलाउन लागेको पर्यटन श्रमिक लक्षित अल्पकालीन रोजगारी कार्यक्रममा बोर्डले ढिलासुस्ती गरेको पनि ब्यानरमा उल्लेख छ । यस्तो परिवेशले पर्यटनका दक्ष जनशक्ति पलायन हुने पर्यटन श्रमिकहरूको बुझाइ छ ।

नेपाल पर्यटन बोर्डले सीमित व्यक्तिको पहुँचमा पुग्ने गरी पर्यटन श्रमिक कल्याणकारी कोष परिचालन गर्ने बाटो लिएको र अनेकन् मुद्दामा बहुसङ्ख्यक श्रमिकको भावना कुल्चेको निटोगको आरोप छ ।

माग पुरा नभएसम्म आफुहरु धर्नामा बस्ने निटोगको भनाई छ।

 

Facebook Comment

छुटाउनुभयो कि?