पर्यटन व्यवसायीलाई सस्तो ब्याजमा राष्ट्र बैंकले दियो राहत

पर्यटन बजार२५ भाद्र २०७८, शुक्रबार मा प्रकाशित

पर्यटन व्यवसायीलाई  सस्तो ब्याजमा राष्ट्र बैंकले दियो राहत

भदौ २५,काठमाडौं । नेपाल राष्ट्र बैंकले होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवाजस्ता बाह्य पर्यटकमा निर्भर रहनु पर्ने व्यवसायीले लिएको ऋणको व्याजलाई पूँजीकरण नगर्न, थप हर्जाना नलिन तथा पेनाल ब्याज नलिन बैंकहरुलाई निर्देशन दिएको छ । बैंकले क, ख र ग वर्गका बैंकहरु तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन २०७७ मा संशोधन गरी छुटको व्यवस्था गरेको हो ।

बैंकद्वारा जारी सूचनामा भनिएको छ, “कोभिड–१९ बाट अति प्रभावित क्षेत्रहरु मध्ये होटल, ट्राभल, ट्रेकिङ र हवाई सेवाजस्ता बाह्य पर्यटकमा निर्भर रहनु पर्ने व्यवसायीलाई परेको कोभिड–१९ को असर मूल्याँकन गरी २०७९ असार मसान्तसम्म भुक्तान गर्नुपर्ने सावाँ तथा व्याज दायित्वलाई छुट्टै हिसाब राखी दुई वर्ष सम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने र थप हर्जाना तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउनु पर्नेछ ।”

कोभिड–१९ बाट आफ्नो व्यवसायमा ठूलो संकट आएको भन्दै होटल, ट्राभल, ट्रेकिङ व्यवसायीले छुट र राहतका लागि माग गरिरहेका थिए ।साथै बैंकले टिआर कर्जा सम्बन्धमा पनि निर्देशन दिँदै ट्रस्ट रिसिप्ट कर्जा, बिल्स डिस्काउन्टिङ वा त्यस्तै प्रकृतिका आयात कर्जा प्रदान गर्दा अधिकतम ९० दिनसम्मको अवधिका लागि मात्र प्रवाह गर्न पाइने जनाएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?