नेपाल पर्यटन बोर्ड र निटोगको बिचमा सम्झौता, धर्ना स्थगित

पर्यटन बजार२५ भाद्र २०७८, शुक्रबार मा प्रकाशित

नेपाल पर्यटन बोर्ड र निटोगको बिचमा सम्झौता, धर्ना स्थगित

भदौ २५ ,काठमाडौँ। नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ निटोग र नेपाल पर्यटन बोर्डबीचमा बिहीवार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ । यो हस्ताक्षर सङ्गै २०७८ भदौ २१ गते सोमबारदेखि चलेको अनिश्चितकालिन धर्ना कार्यक्रम तत्कालका लागि अन्त्य भएको छ ।

एफ आइटी टिम्स लाई पुर्ण रुपमा खारेज गर्नु पर्ने, टिम्सलाई टानबाट हटाई नेपाल पर्यटन बोडबाट एकद्वार प्रणाली मार्फत वितरणको व्यवस्था गर्नु पर्ने, पर्यटन क्षेत्रका सम्पूर्ण प्रमिटलाई विद्युतीय प्रणालीमा लैजान र श्रमिकको तथ्यांक अनिवार्य गर्नु पर्ने, पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष समान तरिकाले यथाशीघ्र परिचालन गर्नु पर्ने, नेपाल पर्यटन बोड र युएनडिपि को स्वरोजगार कार्यक्रम परियोजना पूर्णतः श्रमिकमैत्री ढंगले परिचालन गर्नु पर्ने, पर्यटन श्रमिकका न्यूनतम पारिश्रमिक निर्धारण गर्न उच्चस्तरीय आयोग गठन गर्नु पर्ने, पूर्ण खोप लगाएका र कोभिड नेगेटिभ पर्यटकलाई क्वारेन्टाइन हटाएर पर्यटन सुचारु गर्नु पर्ने, टिम्सको लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, पुनः सुरु गरौ पर्यटन अभियान चलाउदा जिउँदा पर्यटन श्रमिकहरुलाइ श्रद्धाञ्जली दिने बोर्ड सदस्यलाई कार्बाही गर्नु पर्ने जस्ता मागहरु राखेर निटागले आन्दोलन पश्चात धर्ना कार्यक्रम गरेको थियो ।

निटोग र नेपाल पर्यटन बोर्डको बीचमा भएको सहमतिपत्रमा टिम्सलाई अनलाइर्न प्रक्रियाबाट वितरण गर्ने र श्रमिकको तंथ्याक राख्ने, एफ आइटी टिम्स लाई हटाउनको लागि बन्दै गरेको एकिकृत टिम्स विनियमावलि उपसमितिमा लिखित जानकारी गराउने, पदयात्रा तथा पर्वतीय पर्यटन श्रमिक कल्याणकारी कोष समान तरिकाले यथाशीघ्र परिचालन गर्ने, नेपाल पर्यटन बोड र युएनडिपि को स्वरोजगार कार्यक्रम परियोजना पूर्णतः श्रमिकमैत्री ढंगले परिचालन गर्ने, पूर्ण खोप लगाएका र कोभिड नेगेटिभ पर्यटकलाई क्वारेन्टाइन हटाउनको निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लाई पुनः पत्रचार गर्ने र पुनः सुरु गरौ पर्यटन अभियान चलाउदा जिउँदा पर्यटन श्रमिकहरुलाइ श्रद्धाञ्जली दिने बोर्ड सदस्यको गतिविधिको जानकारी बोर्ड संचालन समितिलाई जानकारी गराउने उल्लेख गरिएको छ ।

उक्त सहमति पछि नेपाल पर्यटन बोर्डमा चार दिनसम्म चलेको धर्ना तत्कालका लागि स्थगित गरिएको भएपनि समग्र पर्यटन श्रमिकका आन्दोलन चही नसकिएको निटोगले जनाएको छ । सहमति कार्यान्वयनलाई निरन्तर निगरानीमा राख्ने र कार्यन्वयन नभए पुनः आन्दोलनमा जाने पनि निटोगका अध्यक्ष राम काजी प्रयासले बताएका छन ।

तत्काल पर्वतीय पर्यटनका मुद्दामा एउटा समझदारी बनेको छ । पर्वतीय पर्यटन क्षेत्रकै टुर, ¥यााफ्टिङ्ग, जङ्गल सफारी लगायतका क्षेत्रगत मुद्दाहरुमा अर्को आन्दोलन उठ्नै बाँकी रहेको छ । निटोगले त्यस क्षेत्रका श्रमिकहरुलाइ पनि आन्दोलनको लागि तयार रहन समेत निटोगले अनुरोध गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?