धरानमा नयाँ ट्री हाउस होटल एण्ड लज सञ्चालनमा

पर्यटन बजार२५ भाद्र २०७८, शुक्रबार मा प्रकाशित

धरानमा नयाँ ट्री हाउस होटल एण्ड लज सञ्चालनमा

भदौ २५ ,धरान। धरानमा नयाँ ट्री हाउस होटल एण्ड लज सञ्चालनमा आएको छ। धरान उपमहानगरपालीकाको १३ स्थित धरान-धनकुटा लोकमार्गमा पर्ने सारङगाा डाँडामा शुक्रबार ट्री हाउस एण्ड लज सञ्चालनमा आएको हो ।

नयाँ ट्री हाउसको एक कार्यक्रमकाबीच धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेले उद्घाटन गर्दै धरानमा आउने आन्तरिक तथा वाहिय पर्यटकहरुलाई आत्म संतुष्टि हुनेगरी सेवा प्रदान गर्न सञ्चालकलाई सुझाव दिएका छन् ।

धरानको जिरो पोइन्टको दुई घुम्तिमाथि धरान बजार देखिने एउटा डाँडा छ । त्यहि डाँडामा शान्त वातावरणमा ५ कट्ठा जमिनमा ट्री हाउस सहितको होटल एण्ड लज छ। रिसोर्टमा एउटा तीन तल्ले पक्की भवन छ । पक्की भवनको पूर्व पट्टी दुई वटा छतिउनको रुख छन् । त्यही रुखमा तीन तल्ले फलामको सपोर्टमा खान बस्ने मिल्ने ट्री हाउस निर्माण गरिएको छ । त्यहि रुखमा बनाएको घरले यतिबेला धरानमा आन्तरिक तथा वाहिय पर्यटकहरुलाई आर्कषित गरिरहेको छ।

धरानको ट्रि हाउस हेर्न यतिबेला पर्यटकहरुको भिड लाग्ने गरेको छ । कतिपय पर्यटकहरु ट्री हाउसमा आएर सेल्फी खिच्ने र टिकटक बनाउन मस्त छन् ।

बागमती प्रदेशको सदरमुकाम हेटाैडाबाट बसाई सरी धरान–१५ आएका युवा व्यवसायी नरहरी तिम्सिनाले एक करोडको पक्की भवनमा थप ५० लाखको लगानीमा ट्रि हाउस होटल एण्ड लज सञ्चालनमा ल्याएका छन् । दशैं तिहारलाई लक्षित गरी आन्तरिक तथा बाहिय पर्यटकहरुलाई आर्कषित गरी ट्री हाउस सञ्चालनमा ल्याइएको सञ्चालक तिम्सिनाले बताए ।

ट्रि हाउसको निर्माण भएसँगै पर्यटकहरुको भिड लाग्न थालेपछी रिसोर्ट उद्घाटन गरेर सञ्चालनमा ल्याएको उनले बताए । उनले कोरोनाबाट बच्न सबै स्वास्थ्य मापदण्ड पालना गरी हाउस सञ्चालनमा ल्याइएको बताएका छन् । ट्री हाउसमा ६ वटा सुविधा सम्पन्न लज छन् र पलापले सपोर्ट दिएर तिन तल्लामा निर्माण गरिएको ट्री हाउसमा ३० जनासम्म बसेर धरान बजारको दृश्य अवलोकन गर्दै डिनर गर्न सकिने ट्री हाउसका परिकल्पनाकार लक्ष्मी बाँनियाले बताए । पर्यटकहरुलाई तस्बिर कैद गर्नका लागि ६० फिट अग्लो भ्यु टावर समेत निर्माण गरिएको उनले जानकारी दिए ।

१० बर्ष अगाडिदेखि होटल व्यवसाय गर्दै आएका तिम्सिनाले पर्यटकहरुलाई आर्कषित गर्नका लागि ट्री हाउस निर्माण गरिएको बताए । धरानमा दोस्रो पटक सञ्चालनमा ल्याएको ट्री हाउस नव विवाहित जोडिहरुलाई हनिमुनका लागि तथा वनभोज कार्यक्रमका लागि समेत उपयुक्त हुने उनको भनाई छ । आन्तरिक पर्यटकहरुलाई आर्कषित गर्नका लागि भ्युटावर समेत निर्माण गरी धरान बजार हेर्ने व्यवस्था मिलाईएको छ ।

शान्त वातावरणमा निर्माण गरिएको ट्रि हाउसबाट धरानको रमणिय दृष्य अबलोकन गर्न सेल्फी खिच्न र टिक टिक बनाउन आन्नद आउने महिला संचालन धरानकी अध्यक्ष चेतना श्रेङले बताईन् ।

ट्री हाउस सञ्चालनमा आएसँगै दैनिक एकसय देखि २ सयसम्म पर्यटकहरुको आवागमन हुन थालेको होटलकी व्यबस्थापक कमला बिडारीले बताईन् । विभिन्न कलेज, बैंकर विभिन्न संघ संस्थाबाट आउने आन्तरिक पर्यटकहरुलाई समेत पिक्निक खाने व्यबस्था गरिने उनको भनाई छ ।

धार्मिक तथा पर्यटकिय शहर धरानमा पर्यटकहरुको आगवनलाई मध्यजनर गर्दै मौलिक र विलकुल गाँउले परिवेश झल्काउने उदेश्यले ट्री हाउस संचालनमा ल्याइएको म्यानेजर बिडारीले बताईन् ।

होटल एशोसियशन धरानका पूर्व अध्यक्ष सुबर्ण श्रेष्ठले ट्री हाउस संचालनले धरानको होटल व्यवसायमा थप टेवा पुग्नुका साथै पर्यटकलाई आर्कषित गर्न थप मद्धत पुगेको बताए । रिसोर्टलाई चारैतिर घेरिएको विजयपुर दरबार क्षेत्रको जङ्गल, विष्णु पदुका जङगल, शैनिक स्कृल र कोसी राजमार्गको दृष्यले थप आर्कषित गरेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?