टानको निर्वाचन :अध्यक्ष पदमा दामोदर ढकालको उम्मेद्वारी घोषणा

पर्यटन बजार२६ भाद्र २०७८, शनिबार मा प्रकाशित

टानको निर्वाचन :अध्यक्ष पदमा दामोदर ढकालको उम्मेद्वारी घोषणा

भदौ २६, काठमाडौं। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को आगामी निर्वाचनमा अध्यक्ष पदमा दामोदर ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समय देखि पर्यटन क्षेत्रमा व्यवसाय गर्दै आएका ढकाल हाल टानका सचिवको रूपमा रहेर कार्यभार सम्हाल्दै आएका छन् ।

यस्ता छन् व्यवसायी ढकाल का निर्वाचनका एजेण्डाहरु :
– संस्थालाई ब्यवसायीको हक हित र सम्बर्धनको मूल बाटोमा हिँडाउनका लागि ।
– संस्थाबाट लिन र कमाउन होइन दिनका लागि ।
– संस्थाको गुमेको प्रतिष्ठा फर्काउनका लागि ।
– युवा नेतृत्व र समुहिकतामा काम गर्नका लागि ।
– समावेशी र सबल समृद्ध संस्था बनाउनका लागि ।
– प्रविधि मैत्री र सुसासित टान बनाउनका निमित्त ।
– कोरोना कहरले खण्डहर बनेको पर्वतीय पर्यटनको विकास र प्रवर्द्धन का लागि ।
– नेपाल पर्यटन बोर्डमा संस्थागत प्रतिनिधत्व का लागि ।
– नेपाल पर्यटन बोर्डको टाँगा मुनि पुर्याएको टानलाई फिर्ता ल्याउँनका लागि ।
र- पारदर्शिता टिम्स कार्डलाई व्यवस्थित गरी अनलाइन प्रणालीमा लग्नका लागि ।
– समस्या धेरै छन् यसको दिगो समाधानका लागि ।

के भन्छन् ढकाल !
सबै संघ संस्थामा नेर्तित्वमा पुग्न होडबाजी हुने गर्छ, घोषणापत्रमार्फत बिभिन्न नाराहरू तय गर्ने गरिन्छ, घोषणापत्रको आधार र राजनीतिक आस्थाको आधारमा सामाजिक संघ संस्थाको निर्वाचन सम्पन्न गरिन्छ, जब चुनाव जितिन्छ, सबै आफूले गरेका प्रतिबद्धता  भुलेर संस्थाको हित बिपरित आफ्नो स्वार्थ लाइ मध्यनजर राख्दै कार्य गरिन्छ ।  व्यावसायिक हक हितको संरक्षण गर्ने हेतुले निर्वाचित भएका पदाधिकारीहरू जब व्यावसायिक हित संरक्षण भन्दा व्यक्तिगत स्वार्थमा उल्झन पुग्छन, संस्थागत हित भन्दा व्यक्तिगत हितमा तल्लीन हुन थाल्छन तब न संस्थाको हित हुन्छ, न व्यावसायिको हितमा कार्य हुन सक्दछ । सामाजिक संघ संस्थामा अहिले यि र यस्तै गतिविधिहरू भइरहेका र हुने गरेका छन, मैले आफूले पनि यि र यस्ता गतिविधिलाई अनुभव र अनुभूति प्राप्त गरेको छु ।

निःस्वार्थ रूप मा आफूलाई संस्थाको हितमा समर्पित गरेको छु तर मैले उठाएको आवाज पहरामा ठोकिएर गुन्जन पाएको छैन, व्यावसायिको अन्तरहृदयमा पुग्न पाएको छैन, आवाज निक्ले पनि आवाज निकालेको प्रत्याभूत दिन सकेको छैन, बेला बेलामा साथिभाइ बाट आउने गुनासाहरूलाई सम्बोधन गर्न खोजे पनि परिस्थितिले सम्बोधन गर्न सकिएको छैन । यि र यस्तै बिषयबस्तु मेरो मानसपटलमा जहिले पनि सलवलाइ रहेको हुन्छ, व्यावसायिको हितमा काम गर्न इच्छा र जाँगर आइरहेको हुन्छ तर टिम स्पिरिट नमिले पछि इच्छा भएर पनि केहि गर्न सकिने रहेनछ। सम्पूर्ण ट्रेकिङ व्यावसायिहरूले मलाई जुन उत्साह का साथ सचिव पदमा निर्वाचित गराउनु भएको थियो मलाई लाग्छ मैले पक्कै पनि यहाहरुले शिर निहुराउन पर्ने काम गरेको छैन यहाहरूको अपेक्षा अनुसार को कार्य भने हुन नसकेको वास्तविकता भने पक्कै हो ।

संस्थामा काम गर्ने जाँगर अझै मरेको छैन, अझ सशक्त सुदृढ ढङ्गले संस्थालाई अगाडि बढाउन यहाहरुको साथ सहयोगमा संस्थालाई क्रियाशील, गतिशील र एक सशक्त संस्था निर्माण गर्न आगामी टान (TAAN) को निर्वाचनमा अध्यक्ष पदमा मेरो दावेदारी रहने कुराको उद्घोष गर्न चाहान्छु, मलाई आगामी दिनमा पनि सम्पूर्ण व्यावसायि साथीहरूको साथ र सहयोग रहने अपेक्षा लिएको छु। मेरो उम्मेदवारी सम्पूर्ण व्यावसायिको हितमा हुनेछ भन्ने विश्वास लिएको छु ।

यहाहरूको सल्लाह सुझाव मलाई मार्गदर्शन हुनेछ, आगामी दिनमा यहाहरूको सल्लाह सुझाव अनुसार नै मेरा कदम अगाडि बढ्नेछ ।

जय टान!!!

Facebook Comment

छुटाउनुभयो कि?