मुहानपोखरी देखि नगरकोट सम्मको पर्यटकीय पदमार्गको निर्माण सुरु

पर्यटन बजार४ आश्विन २०७८, सोमबार मा प्रकाशित

मुहानपोखरी देखि नगरकोट सम्मको पर्यटकीय पदमार्गको निर्माण सुरु

असोज ४, काठमाडौं। मुहनपोखरी देखि नगरकोट सम्मको पर्यटकीय पदमार्गको निर्माण कार्य सुरु भएको छ ।

चाँगुनारायण नगरपालिका र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी), टान ,नेपाल पर्यटन बोर्ड, यूएनडीपीलगायतको संयुक्त साझेदारीमा पदमार्गको निर्माण कार्य सुरु गरीएको हो ।

नगरपालिकाले कोरोनाका कारण रोजगारी गुमाएका २ सय ५८ जना श्रमिकहरुको छनोट गरी दैनिक १ हजार रुपैयाँ पारिश्रमिक दिने गरी काममा लगाएको छ ।

मुहानपोखरी–खोलेखेत–गडगडे–नगरकोटसम्मको करिब ५ किलोमिटर पदमार्ग निर्माण कार्य असोज भित्रै सक्ने बताइएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?