२४ औँ वर्षमा यति एयरलायन्स, कल सेन्टरको शुभारम्भ

पर्यटन बजार५ आश्विन २०७८, मंगलवार मा प्रकाशित

२४ औँ वर्षमा यति एयरलायन्स, कल सेन्टरको शुभारम्भ

असोज ५ ,काठमाडौँ। यति एयरलाइन्सले स्थापना भएकोको २४ औँ वर्षको अवसरमा कल सेन्टर सेवा सुरु गरेको छ । यतिले ग्राहकवर्गलाई थप सहजता प्रदान गर्ने उद्देश्यले रिजर्भेसन सेन्टरलाई अपग्रेड गर्दै कल सेन्टरको औपचारिक शुभारम्भ गरेको हो ।

यात्रुले अब ०१-५९७००७४ मा फोन गरी उडान सम्बन्धी जानकारी लिन सकिने कम्पनीले जनाएको छ । यतिले २१ सेप्टेम्बर, १९९८ मा पहिलो उडान थालेको थियो । निजी क्षेत्रबाट सञ्चालित वायुसेवा कम्पनी यतिले आफ्नो भगिनी संस्था तारा एयरसहित २३ वर्षदेखि नेपाली आकाशमा सेवा दिइरहेको छ ।

यतिले सुरुवाती दिनमा हिमाली क्षेत्र र कर्णालीका बासिन्दालाई खाद्यान्न, औषधि, लत्ताकपडालगायत सामग्री ढुवानी गर्दै आएको थियो । २४ वर्षे यात्रासँगै यतिले जेटस्ट्रिम युगको पूर्णरूपले अन्त्य गरी एटीआर युगमा प्रवेश गरेको छ ।

यतिले आफूसँग रहेको ५ वटा जेटस्ट्रिम विमान बिक्री गरिसकेको छ । एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार यति एयरलायन्समा उपयुक्त भाडादर, गुणस्तरीय सेवा यात्रुहरुलाई पहिलो प्राथमिकतामा राखी उडान भइरहेको छ ।

Facebook Comment

छुटाउनुभयो कि?