मुक्तिनाथ मन्दिर असोज १० गते बाट खुल्ने

पर्यटन बजार६ आश्विन २०७८, बुधबार मा प्रकाशित

मुक्तिनाथ मन्दिर असोज १० गते बाट खुल्ने

असोज ६, काठमाडौं।कोरोना भाइरस बढेसंगै बन्द रहेको मुक्तिनाथ मन्दिर असोज १० गते देखि खुल्ने भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले मुक्तिनाथ दर्शन गर्ने निर्थयात्रीहरुको लागि असोज १० गते आईतबारदेखि प्रवेश खुल्ला गर्ने निर्णय गरेको छ । बैठकले जिल्लामा प्रवेश गर्ने व्यक्ति र सवारी साधनलाई कडाई गरिएको छ ।

निषेध गरिएका क्रियाकलापहरु

१. मुस्ताङ जिल्लामा स्थायी बसोबास गर्ने व्यक्ति र पूर्ण खोप लगाएका कर्मचारी, शिक्षक र सुरक्षाकर्मी बाहेकका ७ दिन भित्रकाे PCR Negative नभएका विदेशी नागरिक तथा ७ दिन भित्रको PCR Negative  Report वा खोप कार्ड वा ७२ घण्टा भित्रको Antigen परीक्षण Report नभएका व्यक्ति मुस्ताङ जिल्ला प्रवेश गर्न ।

२. सार्वजनिक स्थलमा मेला, जात्रा, महोत्सव, भोजभतेर र हाटबजार तथा भिडभाड हुने जस्ता कार्यक्रमको आयोजना तथा सञ्चालन गर्न ।

३. विवाह, बतबन्ध, मृत्यु संस्कार जस्ता कार्यमा २५ जनाभन्दा बढी भेला हुन ।

४. बाहिरी जिल्लाबाट मुस्ताङ प्रवेश गर्ने सवारी साधनले PCR Report वा खोप कार्ड वा Antigenनभएका व्यक्तिलाई जिल्ला प्रवेश गर्न ।

Facebook Comment

छुटाउनुभयो कि?