बिश्व पर्यटन दिवसमा पासाङ ल्हामु वाल क्लाइम्बिङ सेन्टरमा ५० प्रतिशत छुट

पर्यटन बजार६ आश्विन २०७८, बुधबार मा प्रकाशित

बिश्व पर्यटन दिवसमा पासाङ ल्हामु वाल क्लाइम्बिङ सेन्टरमा ५० प्रतिशत छुट

असोज ६ ,काठमाडौँ। पासाङ ल्हामु वाल क्लाइम्बिङ स्पोर्ट्स सेन्टरले ५० प्रतिशत छुट अफर ल्याएको छ। ४२ औँ  विश्व पर्यटन दिवसलाई मध्यनजर गर्दै पासाङ ल्हामु  वाल क्लाइम्बिङले क्लाइम्बमा छुट अफर ल्याएको हो।

सेप्टेम्बर २७ तारिकमा पर्ने विश्व पर्यटन दिवसमा जो कोहीले यस पासाङ ल्हामु वाल क्लाइम्बिङमा आएर ५० प्रतिशत छुटको सुविधा लिई  वाल क्लाइम्बको मजा लिन सक्ने वाल क्लाइम्ब कि सञ्चालिका माया गुरुङले जानकारी गराइन।

वाल क्लाइमिङ सेन्टरले  ट्रेकिङमा जान इच्छुक , हिमाल यात्रामा जान इच्छुकलाई मार्गदर्शन दिने र तालिममा सहयोग गर्ने कार्य गर्दै आएको छ। वाल क्लाइम्बले अरोहिहरुका लागि मात्र नभई सर्वसाधारणलाई  फिट  र स्वस्थ्य रहन समेत मद्दत गर्दछ।  जिम , साइक्लिङ, जुम्बा जस्ता व्यायामका माध्यमहरू नेपालमा रहँदै गर्दा वाल क्लाइम्बिङले पनि मानिसको स्वास्थ्यमा विभिन्न तवरबाट अचुक फाइदा पुर्‍याउने गर्दछ।

पासाङ ल्हामु स्पोर्ट्स सेन्टरमा वाल क्लाइम्ब गर्न चाहने पुरुषले पुरै दिनको प्रति व्यक्ति ४०० रुपैयाँ तिर्नुपर्ने हुन्छ भने महिला र विद्यार्थीले ३५० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ । त्यस्तै बालबालिकाले रु ३०० शुल्क मै वाल क्लाइम्ब गरेर साहसिक गतिविधिको अनुभव लिन सक्नेछन्।

Facebook Comment

छुटाउनुभयो कि?