नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

पर्यटन बजार६ आश्विन २०७८, बुधबार मा प्रकाशित

नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुक्त

असोज ६ ,काठमाडौँ। हवाई उड्डयन क्षेत्रमा लामो समय सेवा गरेका राजकुमार क्षेत्री नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा नियुक्त भएका छन् ।

मंगलबार महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो ।

यस अघि क्षेत्री नागरिक उड्डयन प्राधिकरणको १२ औँ तहका उपमहानिर्देशक थिए ।
Facebook Comment

छुटाउनुभयो कि?