नेकोसको केन्द्रिय पदाधिकारीको पाचौं बैठक सम्पन्न

पर्यटन बजार६ आश्विन २०७८, बुधबार मा प्रकाशित

नेकोसको केन्द्रिय पदाधिकारीको पाचौं बैठक सम्पन्न

असोज ६ ,काठमाडौँ। नेपाल खेलकुद महासंघ (नेकोस) केन्द्रिय पदाधिकारीको पाचौं बैठक महासंघका अध्यक्ष रमेशकुमार पौडेलको अध्यक्षतामा काठमाण्डौमा सम्पन्न भएको छ ।

गत बैशाख ७ गते राष्ट्रिय कार्यकर्ता भेलामार्फत पुर्नगठित भई देशैभर सक्रिय भएको नेकोसको यस बैठकले नेकपा एमालेको विधान महाधिवेशनका प्रतिनिधि चयन, मिडिया संयोजन तथा कार्यालय व्यवस्थापनका लागि जिम्मेवारी, प्रदेश स्तरका कार्यक्रमहरुको अनुमोदन, खेल विज्ञहरुसँग अन्र्तकृया, खेल मिडियासँग परिचयात्मक बैठक तथा नवौं राष्ट्रिय खेलकुद आयोजनाको लागि राखेपलाई दबाब दिने तथा खेलक्षेत्रका मुद्यालाई लिएर दबाबमूलक आन्दोलनका कार्यक्रम तय गर्ने लगायतका महत्वपूर्ण प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
मूलतः नेपाल खेलकुद महासंघ,
– जनताको बहुदलीय जनवादलाई आत्मसात गर्ने,
– माक्र्सवादी विज्ञान दृष्टिकोण बोक्ने,
– सामाजिक न्याय र समानतालाई आदर्श मान्ने,
– प्रतिष्पर्धा, पहलकदमी र गतिशिलतामा विश्वास राख्ने सम्पूर्ण खेलकर्मीको पेशागत संगठन हो ।

२ वर्ष भित्र देशभरका १० लाख खेलकर्मीलाई गोलबद्ध गर्ने अभियानमा रहेको नेकोसले नेपालमा दिगो खेल मार्फत दिगो विकास र दिगो विकास मार्फत समृद्ध नेपालको निर्माणमा सकृय भूमिकाको लागि समेत नेतृत्व गर्ने घोषणा गरेको छ । नेकोस स्थापना दिवसको सन्दर्भमा मेचि–महाकाली राष्ट्रिय खेल जागरण अभियान संचालन गर्ने, राष्ट्रिय खेलनीतिको लागि प्रस्ताव तयार गर्ने, अन्र्तराष्ट्रिय आवद्धता र सहकार्य गर्ने समेत निर्णय गरिएको छ । त्यसैगरी नेकपा एमालेको जेठ २ र १० बुँदेको स्वागत गर्दै सृजनात्मक ढंगले खेल क्षेत्रमा सफल कार्यान्वयन गर्ने समेत निर्णय गरिएको छ ।

महासंघले ४० वटा नेकोस खेल संघ पूर्नव्यवस्थापनको निर्णय सहित जिम्मेवारी तोकेको छ । त्यसैगरी महासंघको कार्यालय र प्रचार प्रमुखको जिम्मेवारी क्रमशः उपमहासचिव रामकृष्ण खड्का र सचिव उमेश केसीलाई दिईएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?