के प्रेम आले बन्दैछन् पर्यटनमन्त्री ?

पर्यटन बजार७ आश्विन २०७८, बिहीबार मा प्रकाशित

के प्रेम आले बन्दैछन् पर्यटनमन्त्री ?

केपीओली सरकारमा वनमन्त्री भएका मगर एमाले विभाजनसँगै माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजावादीमा लागेका थिए । एकीकृत समाजवादीभित्र मगरले पर्यटनमन्त्री बन्ने चाहना राखेको स्रोतले बताएको छ।

सांसद मगरले फरकधारसँग कुरा गर्दै भने,‘पर्यटन मन्त्रालय मेरो चाहना हो । यदि पार्टीले पर्यटन मन्त्रालयको जिम्मेवारी दिएमा कुशलतापूर्वक जिम्मेवारी बहन गर्नेछु ।’

पर्यटन मन्त्रालय अन्तर्गत रहेका विभिन्न विभाग र वायुसेवा निगमलाई सुधार्नका लागि आफूले पर्यटन मन्त्रालय रोजेको मगरले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले पाँचवटा मन्त्रालय पाउने निश्चित भइसकेको छ ।

बुधबार भएको सर्वदलीय बैठकमा मन्त्रालयको भागबण्डा टुंगो लगाउँदै एकीकृत समाजवादी​लाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने सहमति भएको हो ।

Facebook Comment

छुटाउनुभयो कि?