पर्यटकले यी सर्त अपनाएर पाउन सक्छन अनअराइभल भिसा !

पर्यटन बजार७ आश्विन २०७८, बिहीबार मा प्रकाशित

पर्यटकले यी सर्त अपनाएर पाउन सक्छन अनअराइभल भिसा !

असोज ७ , काठमाडौँ। लामो समयदेखि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीबाट बिश्व नै आक्रान्त बनेको कुरा सबैलाई सर्वविदितै छ। यस महामारीको समयबाट  हाल विश्व जगतले केहि भएपनी राहत पाएको छ। यसै कुरालाई मध्यनजर गर्दै र केहि समयदेखि पर्यटन क्षेत्र लाई  चलायमान बनाउन , अनअराइभल भिसा खुला गर्न र क्वारेन्टिनको व्यवस्था हटाउन सम्पूर्ण छाता संघठनले गरेको संघर्ष र मेहेनतलाइ सदर गर्दै नेपाल सरकारले उल्लेखनीय कार्य गरेको छ। सरकारको अनअराइभल भिसा खुला गर्ने र क्वारेन्टिनको व्यवस्था हटाउने निर्णय साँच्चै नै तारिफयोग्य रहेको छ।

कोभिड संक्रमणको रोकथाम ,नियन्त्रण , निदान र उपचारमा प्रतिकुल असर नपर्ने गरि विदेश बाट  नेपाल आउने नेपाली तथा विदेशीहरुको आवागमन लाई  व्यवस्थित गर्न नेपाल सरकारले निम्न आदेश जारी गरेको छ।

खोपको मात्रा पुरा गरेर नेपाल प्रवेश गर्न चाहाने  विदेशी नागरिकको हकमा आवश्यक कागजातहरू :

कोभिड -१९ विरुद्धको खोपको मात्रा पुरा गरेको १४ दिन पुरा भएको प्रमाण
ख ) हवाई उड्डयन का लागी चेक  इन हुनुभन्दा ७२ घण्टा भित्रको कोभिड  १९ परीक्षण को रिपोर्ट नेगेटिभ भएको प्रमाण
ग ) पर्वतारोहण र पदयात्रा तथा अनुमति लिनुपर्ने अन्य विषयको हकमा सो सम्बन्धी अनुमतिको प्रतिलिपि
घ ) नेपालमा होटेल बुक गरेको प्रमाण
ङ) www.ccmc.gov.np मा लग इन गरी (international traveler online arrival form ) अनलाइन फारम भरी  सो को प्रिन्ट प्रति।

खोपको मात्रा पुरा नगरी  नेपाल प्रवेश गर्न चाहाने वा प्रवेश गरिसकेपछि विदेशी नागरिकले पालना गर्नुपर्ने नियम :

क ) नेपालको अध्यागमन प्रवेश बिन्दुमा एन्टीजेन परीक्षण गर्दा पोजेटिभ देखिएको हकमा विदेशी नागरिकहरूले अनिवार्य रूपमा १० दिन आफ्नै खर्चमा होटेल क्वारेन्टिन मा बस्नुपर्नेछ। ११ औं दिनमा कोभिड  १९ को परीक्षण  गरी  रिपोर्ट नेगेटिभ आएपछि मात्र त्यस्तो विदेशी नागरिक आफ्नो नेपाल भ्रमणको उद्देश्य बमोजिमको काममा संलग्न हुन् पाउनेछन्।

ख ) कोभिड  १९ को परीक्षण  गर्दा वा आइसोलेसन मा बस्दा र बिमा लगायतका अन्य खर्चहरू विदेशी नागरिक स्वयंले  व्यहोर्नु पर्नेछ।
ग  ) नेपाल भ्रमणमा रहेका सबै विदेशी नागरिकले कोभिड  १९ को लक्षण  वा चिन्ह देखिएमा तत्काल कोभिड  १९ को परीक्षण  गर्नुपर्ने छ र रिपोर्ट पोजेटिभ आएमा आइसोलेसनमा  बस्नुपर्ने छ।
घ ) ट्राभल वा ट्रेकिङ मार्फत नेपाल आएका पर्यटकलाई यस आदेश बमोजिमका सर्तहरू पालना गर्ने / गराउने दायित्व सम्बन्धित एजेन्सीको हुनेछ।
ङ) होटेल क्वारेन्टिन  वा आइसोलेसनमा  बसेको विदेशी नागरिकलाई सो सम्बन्धी  मापदण्ड पालन गराउने दायित्व सम्बन्धित होटेलको हुनेछ।
च ) कुनै पर्यटकले यस आदेश बमोजिमका सर्तहरू पालना नगरेमा सम्बन्धित एजेन्सी वा होटेलले सो को सूचना तत्काल नेपाल प्रहरी वा सम्बन्धित निकायमा दिनुपर्नेछ।

Facebook Comment

छुटाउनुभयो कि?