नेपाल माउन्टेण्ड एकेडेमीका विद्यार्थी मेरा पिक क्षेत्रमा

पर्यटन बजार८ आश्विन २०७८, शुक्रबार मा प्रकाशित

नेपाल माउन्टेण्ड एकेडेमीका विद्यार्थी मेरा पिक क्षेत्रमा

असोज ८, काठमाण्डौ। नेपाल माउन्टेण्ड एकेडेमीका विद्यार्थीले मेरा पिक क्षेत्रको भौगोलिक अध्ययनसँगै पिक आरोहण अभ्यास गर्ने भएका छन् । विद्यार्थीहरू सोलुखुम्बुमा पर्ने मेरा पिकको ट्रेकिङ रुट, वातावरणीय प्रभाव, विकाससँगै रुटमा देखिएको समस्या र हिमालय आरोहणको अनुभवसहितको अभ्याससहितको कोर्ष गर्न मेरा पिक क्षेत्र हिँडेका हुन् ।

नेपाल माउन्टेण्ड एकेडेमीको व्याचलर अफ माउन्टेनेरिङ स्टडिज (वीएमएस) का पहिलो ब्याजका १९ विद्यार्थी मेरा पिक क्षेत्र अध्ययनका लागि अहिले सोलु पुगिसकेका छन् ।

एकेडेमीका अध्यक्ष लाक्फुटी शेर्पाले वीएमएसको कोर्षअनुसार विद्यार्थी रिसर्च एण्ड पिक आरोहणका लागि मेरा पिक क्षेत्र गएको जानकारी दिइन् । उनीहरूको २७ दिने यात्रामा हिमालय क्षेत्रको अनुभव र प्रयाक्टिकल कोर्ष पूरा हुने अध्यक्ष शर्पाले बताइन् ।

सो टिमका संयोजक तथा माउन्टेनेरिङ गाइड छिरिङ जाङ्बु शेर्पा छन् । यो टिमले यहाँको हावापानी, जडिबुटि, जलवायु परिवर्तन, ग्लेसियर, हिमपोखरीसँगै पिक आरोहणको अध्ययन पूरा गर्ने संयोजक शेर्पाको भनाइ छ । टिममा सहभागी एकेडेमीका प्राफेसर बसन्त पौडेलले भौगोलिक क्षेत्रको विषयमा बिफ्रिङ गर्ने बताइएको छ ।

साथै, माउन्टेण्ड गाइडमा लाक्पा राङ्डु शर्पा र हरे राम खड्का रहेका छन् । शुक्रबार मकालु बरुण राष्ट्रिय निकुञ्ज प्रवेश गरेको यो टिम साँझसम्म चोले पुगेर बस्ने टिम लिडर छिरिङ जाङ्बु शेर्पाले जानकारी दिए ।

Facebook Comment

छुटाउनुभयो कि?