सोट्टोको आयोजनामा एक दिवसीय हाइकिङ्ग कार्यक्रम सम्पन्न

पर्यटन बजार१० आश्विन २०७८, आईतवार मा प्रकाशित

सोट्टोको आयोजनामा एक दिवसीय हाइकिङ्ग कार्यक्रम सम्पन्न

असोज १० ,काठमाडौँ। सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर नेपाल ( सोटो) र चाँगुनारायण नगपालिकाको संयुक्त आयोजनामा भएको एक दिवसीय हाइकिङ कार्यक्रम सम्पन्न भएको छ । ४२ औँ विश्व पर्यटन दिवस को अवसर पारेर चाँगुनारायण, त्रिशूल डाँडा, तेलकोट, नगरकोट सामुदायिक होमस्टे, मुहानपोखरी, , जिप लाईन हुँदै बोजिनी ड्याम सम्मको हाइकिङ कार्यक्रम सम्पन्न भएको हो ।

चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्रले खादा लगाई, सफल यात्राको शुभकामना र यात्राका क्रममा देखिएका थप सम्भावनाका बारेमा सुझाव दिन आग्रह गर्दै विदाई गर्नु भएको थियो ।

हाइकिङपश्चात योजना गरिएको समापन कार्यक्रममा बोल्दै उपत्यका पर्यटन कार्यालयका प्रमुख टंक भट्टराईले हाइकिङ कार्यक्रम अत्यन्तै सफल भएको बताउनुभयो । उहाँले यस पदयात्रा अत्यन्तै आकर्षक भएको र यसै यात्राले नेपाल पर्यटनको लागि पुन : सुचारु भएको सन्देश दिने जानकारी गराउनु भयो । उहाँले कार्यक्रममा उपस्थित सम्पूर्ण व्यवसायीलाई नआतिइन आग्रह गर्दै हातेमालो गरेर अघि बढ्नु पर्ने सुझाव समेत दिनुभयो ।

त्यस्तै कार्यक्रममा मन्तब्य राख्दै नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले सरकारले पदयात्राको विकासको लागि कार्य गर्नुपर्ने र बजेटको दुरुपयोग रोक्नुपर्ने बताउनु भयो । नगरकोट आफैमा पर्यटकिय गन्तब्य रहेको अवस्थामा यस स्थानको नयाँ हाइकिङ ट्रेल र जिपलाईनले थप पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्ने मा कुनै दुई मत नरहेको बताउनु भयो । पर्यटन व्यवसायी ले गोरो छालालाई मात्र महत्व दिने कार्यलाई अन्त्य गर्दै आन्तरिक पर्यटकलाई पनि उत्तिकै महत्व दिएर घुमघाममा सहयोग पुर्याउन समेत उहाँले आग्रह गर्नुभयो ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष परासर सापकोटाले हाइकिङका लागी यस नगरपालिकालाई रोजिदिनु भएकोमा सोट्टोलाई धन्यवाद दिनुभयो । हिजो आफूहरु जनप्रतिनिधिको रूपमा चुनिएर आएलगत्तै नगरपालिका भित्रका पदयात्रा र पर्यटन पूर्वाधार विकासमा लागेको र सोचे अनुरूप नै कार्य गर्न सफल भएको जानकारी गराउनुभयो।

कार्यक्रमलाई समापन गर्दै सोट्टो नेपालका अध्यक्ष नारायण पराजुलीले कोरोनाले २० वर्षको कमाईलाई २ वर्षको कोरोना र लकडाउनले पुन: पुरानै अवस्थामा फर्काइदिएको अनुभव सुनाउनु भयो । नेपालको पर्यटन क्षेत्रले २ वर्ष पछि कोरोना सँग लड्दै बल्ल केही राहत पाएको यस समयमा छोटो भएपनि एक पदयात्रा कार्यक्रम गर्दै पुन पर्यटन क्षेत्र आवश्यक सुरक्षाका साथ सुचारु भएको सन्देश दिन यो कार्यक्रमको आयोजन गरेको बताउनु भयो ।

हाइकिङमा नाट्टाका उपाध्यक्ष, टानका महासचिव, भिटोफका अध्यक्ष, सोट्टोका पदाधिकारी तथा सदस्यहरु, नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मी र उपाध्यक्ष चन्द्र रिजाल, उपत्यका पर्यटन कार्यालयका कार्यालय प्रमुख , होसानका अध्यक्ष ,चाँगुनारायणका मेयर तथा उपमेयर , समाजसेवी र पत्रकारको उपस्थिति रहेको थियो ।

हाइकिङ कार्यक्रममा नगरकोट सामुदायिक होमस्टेका साथीहरुले संयोजन गर्नुभएको थियो । त्यस्तै सोट्टो नेपालले सम्मान स्वरूप चाँगुनारायण नगरपालिका लाई सम्मान पत्र हस्तान्तरण गरेको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?