पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले गरे माउन्टेन फ्लाइट

पर्यटन बजार१० आश्विन २०७८, आईतवार मा प्रकाशित

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले गरे माउन्टेन फ्लाइट

१० असोज, काठमाडौं । स्टार पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले आइतबार बिहान माउन्टेन फ्लाइट गरेका छन् । कोरोना भाइरसको महामारीपछि यति एयरलाइन्सले आइतबारबाट सुरु गरेको माउन्टेन फ्लाइटको सुरुवात अफ्रिदीसँगै गरिएको हो ।

सगरमाथासहित दुई दर्जन अग्ला चुचुरोलाई काठमाडौंबाट हुने उडानका दौरान हेर्न सकिन्छ । आइतबार बिहान त्रिभुवन विमानस्थलमा अफ्रिदीलाई कम्पनीका अधिकारीहरुले जहाजमा स्वागत गरेका थिए । उनलाई एयरहोस्टेसहरुले हिमाल पहिचानमा सहयोग गरेका थिए ।

कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आज कुल ४४ जना यात्रुसहित अफ्रिदी उडानमा सहभागी भएका छन् ।

यतिले ८८४८ रुपैयाँमा दुई वटा टिकट बिक्री गर्ने गरी पर्वतीय उडान सुरु गरेको हो । उडान हरेक आइतबार हुने भएको छ । उनको उडानले विश्वभर नेपालको पहिचान फैलाउन सहयोग पुग्ने अपेक्षा कम्पनीको छ ।

Facebook Comment

छुटाउनुभयो कि?