“दि क्लिफ” ले पायो पर्यटन मन्त्रालयबाट सम्मान

पर्यटन बजार११ आश्विन २०७८, सोमबार मा प्रकाशित

“दि क्लिफ” ले पायो पर्यटन मन्त्रालयबाट सम्मान

असोज ११ ,काठमाडौँ। बयालीस औं  विश्व पर्यटन दिवसको अवसरमा  सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गर्ने क्रममा एड्भेन्चर स्पोर्ट्सलाई पनि समेटेको छ ।

नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा एड्भेन्चर स्पोर्ट्स तर्फ द क्लिफ प्रालिका तर्फबाट अध्यक्ष राजु कार्की सम्मानित भएका छन् ।

द क्लिफ प्रालिले कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुस्मा र बागलुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुल बनाएर विश्वकै अग्लो स्वीङ र विश्वकै दोस्रो अग्लो बन्जी लगायत  स्काइ साइक्लीङ, स्काइ चेयर, जर्ब बल, हाइ रोप स्टेसन जस्ता साहसिक खेल सञ्चालन गरिरहेको छ । २०७३ साल देखी निर्माण सुरु गरिएको रिसोर्ट र एड्भेन्चर गतिविधि २०७७ कार्तिक १५ देखि सञ्चालनमा आएको थियो ।

पर्यटन विभागले गरेको यस सम्मानले अत्यन्तै खुसी लागेको र थप हौसला प्राप्त भएको क्लिफ नेपालका सञ्चालक राजु कार्कीले पर्यटन बजारलाई जानकारी गराए।

Facebook Comment

छुटाउनुभयो कि?