वर्ल्ड वाइड एड्भेन्चरका संचालक थापा सम्मानीत

पर्यटन बजार११ आश्विन २०७८, सोमबार मा प्रकाशित

वर्ल्ड वाइड एड्भेन्चरका संचालक थापा सम्मानीत

असोज ११ ,काठमाडौँ। बयालीस औं विश्व पर्यटन दिवसको अवसरमा सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुर्याउने व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गर्ने क्रममा एड्भेन्चर स्पोर्ट्सलाई पनि समेटेको छ ।

नेपाल पर्यटन बोर्डमा आयोजना गरिएको कार्यक्रममा एड्भेन्चर स्पोर्ट्स तर्फ वर्ल्ड वाइड एड्भेन्चर प्रालिका तर्फबाट अध्यक्ष केदार बहादुर थापा सम्मानित भएका छन् ।

वर्ल्ड वाइड एड्भेन्चरले ‘धुलिखेल जिपलाइन’ नाममा थाक्ले डाँडा धुलिखेल देखि खावा, पाँचखाल) सम्म नेपालकै पहिलो सुपरम्यान जिपलाइन सञ्चालन गरिरहेको छ । ७० किलोमिटर प्रति घण्टाको औसत गति रहेको जिपलाइनमा व्यक्तिको तौल, हावाको गति र दिशा अनुसार औसत समय १ मिनेट २० सेकण्ड लाग्छ । धुलिखेल जिपलाइनमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरी ३ प्रकारका जिपलाइन खेल्ने सुविधा छ । सुपरम्यान र टेन्डम (जोडी) जिपलाइन नेपालमै पहिलो हो।

यस सम्मानले थप नयाँ  कुरा नेपालमा गर्न जिम्मेवारी थपेको महसुस भएको वर्ल्ड वाइडका सञ्चालक केदार थापाले बताए । ” अहिलेसम्म पनि नयाँ कार्य गर्न सधैँ  तत्पर थिए तर यस सम्मान ले थप ऊर्जा प्रदान गरेको छ , उनले  भने। “

२०१९ फेब्रुअरी १४ देखि व्यावसायिक सञ्चालनमा आएको जिपलाइनमा हाल ८ कोठा सहित सुविधा सम्पन्न रिसोर्ट निर्माण गरिएको छ । ट्री अप (रुख माथीनै बसेर खान मिल्ने गरी बनाइएको रेस्टुरेन्ट) पनि बनाइएको छ भने खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा करीब  करिब २० रोपनी क्षेत्रफलमा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क निर्माण गरिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?