विश्व पर्यटन दिवसमा एनटीभीएले पशुपतीमा गर्यो सरसफाइ

पर्यटन बजार११ आश्विन २०७८, सोमबार मा प्रकाशित

विश्व पर्यटन दिवसमा एनटीभीएले पशुपतीमा गर्यो सरसफाइ

असोज ११ ,काठमाडौँ। ४२ औँ विश्व पर्यटन दिवसको अवसरमा नेपाल पर्यटक यातायात व्यवसायी संघले विश्व सम्पदा सुचिमा सुचिकृत पर्यटकिय हेरिटेज पशुपतीनाथ परिसरमा सरसफाइ कार्यक्रम गरेको छ ।

पर्यटकिय हाम्रो हेरिटेज हाम्रो सफाइ अभियान को शुरुवात निरन्तर गर्ने नेपाल पर्यटक यातायात ब्यवसायी संघ केन्द्रिय अध्यक्ष सन्तोस न्यौपानेले जानकारी दिए ।

दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय तथा सरोकार संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । दिवस मनाउन पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाको अध्यक्षतामा मुल समारोह समिति गठन गरिएको छ । सरकारले खोपको मात्रा पूरा गरेका विदेशी पर्यटकलाई ‘अनअराइभल भिसा’ उपलब्ध गराएसँगै पर्यटन क्षेत्रमा उत्साह छाएको छ ।

सीमा नाका खोल्ने र क्वरेण्टीनको व्यवस्था पनि हटाउने व्यवस्था मिलाएको छ । यसले महामारीबाट थलिएको पर्यटन क्षेत्र चलायमान हुने वातावरण बनेको छ । पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२१ का आठ महिनामा ६६ हजारभन्दा धेरै पर्यटक नेपाल आएका छन् ।

अघिल्लो वर्ष सन् २०२० मा पर्यटक आगमन सङ्ख्या दुई लाख ३० हजार ८५ मात्र छ । सन् २०१९ मा ११ लाख ९७ हजार १९१ बाह्य पर्यटक नेपाल घुम्न आएका थिए ।

सरसफाई कार्यक्रममा नेपाल पर्यटन बोर्ड संचालक समिती उपाध्यक्ष आदरणीय चन्द्र रिजाल , नाटका अध्यक्ष अच्युत गरागाँई , लगाएत पर्यटन सम्बन्धी बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा पर्यटक ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

Facebook Comment

छुटाउनुभयो कि?