नेपालका मधुसुधनले कतारमा गोल्डस्टारको सोरुम सुरु गर्दै

पर्यटन बजार१२ आश्विन २०७८, मंगलवार मा प्रकाशित

नेपालका मधुसुधनले कतारमा गोल्डस्टारको सोरुम सुरु गर्दै

असोज ११,काठमाण्डौ। स्वदेशी उत्पादनबाट नै देशको अद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्रि सुरु हुने भएको छ ।

हाल कतार निवासी प्युठानका मधुसुधन केसिले कतारमा गोल्डस्टारको आउटलेट तयार गरेका छन् । आफ्नो भविष्य खोज्दै सन् २००७ मा कतारमा पुगेका प्युठानका केसीले आफ्नै व्यापार सुरु गरि व्यावसायीको रुपमा स्थापित हुन सफल भएका छन् ।

स्वेदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्डस्टारको आउटलेट कतारमा पुर्याएको केसीले बताए । कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्डस्टारको सोरुम रहेको छ ।

सोरुममा मात्र नभई अनलाइनको माध्यमबाट पनि गोल्डस्टार फुटवेयरको बिक्री गरिने उनले बताए । त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै ई-कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

नेपालीहरूको बिचमा लोकप्रिय ब्रान्ड गोल्डस्टार कतारको लागि नेपालबाट अभिमन्यु शर्मा र थमन कुमार भण्डारीले कनसल्टिङको रुपमा काम गरिरहेको केसीले बताए । गोल्डस्टार मात्र नभई देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने आफ्नो इच्छा रहेको उनले बताएका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?