नेपाल विश्वकै सुन्दर देशको पहिलो स्थानमा

पर्यटन बजार१४ आश्विन २०७८, बिहीबार मा प्रकाशित

नेपाल विश्वकै सुन्दर देशको पहिलो स्थानमा

असोज १४ ,काठमाडौँ। बेलायतको ट्राभल गाइड बुकले पर्यटकीय गन्तव्यका लागि विश्वका १० सुन्दर देशहरुको सुची प्रकाशित गरेको छ।

त्यसमा पनि भ्रमणका लागि नेपाल पहिलो नम्बरमा परेको छ । सन् २०२१ मा भ्रमणका लागि बेलायतको रफ गाइडले प्रकाशित गरेको विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल परेको हो । सन् २०१६ देखि नै लगातार नेपाल पहिलो स्थानमा छ ।

०७२ साल वैशाख १२ गते गएको भूकम्पले थिलो थिलो भएको नेपालको पर्यटन व्यावसाय माथि उक्लदै गएको थियो । फेरी विश्वव्यापी महामारीले असर गर्यो ।

यो नेपालका लागि मात्र हैन विश्वभरीकै लागि हो । यही अवस्थामापनि नेपाल नै पहिलो गन्तव्य रहेको भन्दै गाईडले नेपाल भ्रमण गर्न योग्य सुन्दर देश भनेको छ । रफ गाईडले नेपालको ट्रेकिङ रुट, होम स्टे तथा विभिन्न सांस्कृतिक क्षेत्रलाई पर्यटकीय आकर्षणको मुख्य केन्द्र भनेको छ ।

भूकम्पले आफ्ना प्रियजन गुमाउनुको पिडा, अथाह धनजनको क्षति, महामारीका कारण आफन्त गुमाउनुको पिडा, लकडाउनले आर्थिक अवस्था ठप्प हुनुका बाबजुत पनि नेपाली जनताको आत्मिय स्वागत र व्यवहारलाई पनि नेपाली पर्यटन क्षेत्रको सुन्दर र सबल पक्ष भनेको छ ।

विभिन्न हिम श्रृँखला, जंगली जनावर तथा विविधताले भरिपूर्ण नेपाली जंगलहरुलाई पर्यटनका लागि उत्कृष्ट रहेको बताईएको छ । रफ गाइडको १० देशको सूचीमा नेपाल पहिलो, कोलम्बियालाई दोस्रो नम्बरमा राखिएको छ ।

क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा श्रीलंका दशौं नम्बरमा परे पनि भारतलाई भने १० औ सुचिमा अटाउन सकिएको छैन ।

Facebook Comment

छुटाउनुभयो कि?