खाडी मुलुक र थाइल्याण्ड घुम्न जाने नेपालीले अब २५० डलर मात्रै बोके पुग्ने

पर्यटन बजार१४ आश्विन २०७८, बिहीबार मा प्रकाशित

खाडी मुलुक र थाइल्याण्ड घुम्न जाने नेपालीले अब २५० डलर मात्रै बोके पुग्ने

असोज १४ ,काठमाडौँ।पर्यटक भिसामा खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपाली नागरिकले बोक्नुपर्ने न्यूनतम रकम घटेको छ । सरकारले बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकलाई चाहिने न्यूनतम रकम घटाएको हो ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार ती मुलुकमा जाने व्यक्तिको हकमा अब २५० अमेरिकी डलर वा सो सरहको विदेशी मुद्रा सटही गरेको प्रमाण भए पुग्नेछ ।

Facebook Comment

छुटाउनुभयो कि?