बुद्ध एयरले घटायो आवासीय भाडादर

पर्यटन बजार१५ आश्विन २०७८, शुक्रबार मा प्रकाशित

बुद्ध एयरले घटायो आवासीय भाडादर

असोज १५ ,काठमाडौं। निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आवासीय भाडादर घटाएको छ। ६ महिनादेखि नेपालमा बसोबास गर्दै आएका विदेशीहरुको हकमा बुद्ध एयरको रेसिडेन्सियल (आवासीय) हवाई भाडादर घटाइएको हो।

बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णका अनुसार यसअघि आवासीय भाडादर नेपाली भाडादरको १.७५ गुणा बढी थियो। अब भने यात्रुहरुले नेपाली भाडादर ‘वाइ क्लास’ बराबरको भाडा तिरेर यात्रा गर्न पाउने छन्।

यो नियम बुद्ध एयरका सबै गन्तव्यमा लागू हुनेछ। सस्तिएको नयाँ भाडादर आजैदेखि लागू हुने सूचना अधिकारी कर्णले बताए।

Facebook Comment

छुटाउनुभयो कि?