टानले लन्च गर्यो वेबसाईट, टिम्स कार्ड अब अनलाइनबाटै !

पर्यटन बजार१६ आश्विन २०७८, शनिबार मा प्रकाशित

टानले लन्च गर्यो वेबसाईट, टिम्स कार्ड अब अनलाइनबाटै !

असोज १५ , काठमाडौं।टानलेआफ्नो पुरानो वेबसाईट लाई बन्द गर्दै नयाँ प्रविधि र थप सुविधाका साथ नयाँ वेबसाइट लन्च गरेको छ ।

सेवाग्राहीलाई सहजता प्रदान गर्ने र हालको आधुनिक प्रविधिका साथ सम्पूर्ण सदस्यले घर मै बसेर वा आफ्नै अफिसमा बसेर टिम्स कार्ड लिने, अनलाइन पेमेन्ट गर्न सक्ने लगायतका विभिन्न सुविधालाई थप गरेर नयाँ वेबसाईट लन्च गिरएको संस्थाकी महासचिव सरिता लामाले बताउनु भयो ।


त्यस्तै यस वेबसाईटको सहयोगले विदेशी पर्यटक हरू कुन दिन प्रस्थान गर्नुभयो , कहाँ पुग्नुभयो र कतिदिन सम्ममा कुन गन्तव्यमा पुग्नसक्नु हुन्छ लगायतका जानकारी पनि केही मिनेट मै पाउन सकिने टानका अध्यक्ष खुम बहादुर सुवेदीले बताउनु भयो । ” टानको नयाँ वेबसाईटले पर्यटकमा राम्रो छाप पार्ने र पर्यटक ले वेबसाईट बाट सबै मेम्बरहरुको ट्रेकिङ कम्पनीको बारेमा जानकारी लिन सक्ने छन् ” उहाँले भन्नुभयो ।

प्रेम बहादुर लामा संयोजकत्वमा बनाइएको वेबसाईट मा सदस्य को कम्पनीको भिडियो सहितको प्रचार प्रसार सामाग्री समेत राख्न मिल्ने छ । त्यसैगरी मीडिया पेज पनि वेबसाईटमा राखिएको छ जहाँ टान सँग जोडिएका मिडियाका लिंक र न्युज अपडेटहरु सहजै हेर्न सकिन्छ ।

 

 

Facebook Comment

छुटाउनुभयो कि?