तेश्रो मोटर साइक्लिङ सम्मेलन काठमाडौँमा सम्पन्न

पर्यटन बजार१७ आश्विन २०७८, आईतवार मा प्रकाशित

तेश्रो मोटर साइक्लिङ सम्मेलन काठमाडौँमा सम्पन्न

असोज १७ ,काठमाडौँ । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को आयोजनामा यही असोज १५ र १६ गते तेस्रो मोटर साइक्लिङ सम्मेलन काठमाडौँमा सम्पन्न भएको छ । सेफ्टी, सस्टेनबिलिटी एन्ड टु ह्वील टूरिङ शीर्षकमा भएको यो सम्मेलनमा १५० भन्दा बढिको सहभागिता रहेको थियो। यो सम्मेलन माउन्टेन स्पोर्ट्स फेडेरेसनको संयोजन तथा फेडेरेसन इन्टरनेसनल डे मोटरसाइक्लिज्म (एफआईएम) र नेपाल पर्यटन बोर्डको सहयोग तथा प्रमोसन रहेको थियो ।

कार्यक्रममा सुरक्षा लुब्रिकेंटको मुख्य प्रायोजन रहेको थियो। नेपालमा मोटरसाइकल र स्कुटरको सङ्ख्या ३० लाख भन्दा ज्यादा रहेको, तिनको सुरक्षा र त्यसबाट हुने फाइदाको बारेमा एकीकृत धारणा बन्न नसकेको अवस्थामा सम्मेलनमा वृहत् छलफल गरिएको थियो । सम्मेलनमा मुलत मोटरसाइकल सुरक्षा, मोटरसाइकल मार्फत पर्यटन प्रवर्द्धन क्षेत्रीय इभेन्ट मार्फत टु ह्वील टुरिङ, महिला सशक्तीकरणको लागि मोटरसाइकल ,पर्यटन बोर्ड र साहसिक पर्यटनमा सहकारी, टु ह्वील टूरिङका प्रस्तावित गन्तव्यहरू, टूरिङ मर्शलिङ, लाइसेन्सिङ व्यवस्था, हेलमेट टेस्टिङ र गुणस्तरीय हेलमेट, एफआईएम, नासा नेपाल र डब्ल्यूआईएमए नेपाल, मोटरसाइकल स्पोर्ट्स र नेपाल जस्ता विषयमा छलफल गरिएको थियो ।

साथै कार्यक्रममा नेपालका दुई दर्जन टु ह्वील टूरिङका गन्तव्य सार्वजनिक गरिएको थियो । सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराई, नेपाल पर्यटन बोर्डका वरिष्ट निर्देशक हिक्मत सिंह ऐर, ट्रयाक्स एन जी ओ नयाँदिल्लीकी रजनी गान्धी, पुत्रा युनिभर्सिटी मलेसियाका डा. कुलान्थान मणि, एफआईएमका डाइरेक्टर डामिआनो जमानाले आ–आफ्नो पेपर प्रस्तुत गरेका थिए ! त्यसैगरी, नेपाल पर्यटन बोर्डका सदस्य न्वाङ्ग निमा शेर्पा, नासा नेपालका महासचिव सुसिल तण्डुकार, सचिव सन्तोष न्यौपाने , प्रमोद श्रेष्ठ गुफी तथा विनोद तन्डुकार,विमा नेपाल र सुरक्षा लुब्रिकेंटका मार्केटिङ मेनेजर अनोज भण्डारीको प्रस्तुति रहेको थियो !

सो सम्मेलनमा टु ह्वील टूरिङका व्यवसायी र गाइड, पर्यटन व्यवसायी, राइडर तथा विभिन्न ट्राभल एजेन्सीका सञ्चालकहरू तथा नासा नेपालका सदस्यहरू सहभागी रहेका थिए । सम्मेलनको पहिलो सत्रमा नेपालमै पहिलो पटक टुरिङ्ग मार्शलको तालिम तथा परीक्षा पनि लिइएको थियो ! त्यसैसरि कार्यक्रमको अन्त्यमा स्लो बाइक रेसिङ आयोजना गरेर विजेतालाई सुरक्षा लुब्रिकेंटका प्रबन्द निर्देशक फुर्पा लामाबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ! सुशिल तण्डुकार (महासचिव)

 

 

Facebook Comment

छुटाउनुभयो कि?