विदेशी पर्यटक आगमनमा सुधार

पर्यटन बजार१८ आश्विन २०७८, सोमबार मा प्रकाशित

विदेशी पर्यटक आगमनमा सुधार

असोज १८ ,काठमाडौँ। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा विदेशी पाहुना आगमनको सकारात्मक संकेत देखिएको छ । पछिल्लो तथ्यांकले पनि नेपालमा विदेशी पर्यटकको आगमन अघिल्लो वर्षको तुलनामा बढ्न थालेको देखिएको छ । पर्यटकीय सिजन सुरु भए अनुसार नै आगमन पनि बढ्न थालेको पर्यटन बोर्डको भनाई छ ।

पर्यटन बोर्डका अनुसार सेप्टेम्बर मध्यदेखि नोभेम्बर मध्यसम्मको समयलाई विदेशी पर्यटक आउने सिजन मानिन्छ । त्यसबाहेक अर्काे सिजन फेब्रुअरीदेखि अप्रिलसम्म मानिन्छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पछिल्लो तथ्यांकले पर्यटक आगमनमा सुधार देखिएको छ ।

बोर्डका अनुसार सन् २०२० सेप्टेम्बरमा नेपालमा जम्मा ५८४ जना विदेशी पर्यटक आएका थिए । तर,यो सेप्टेम्बरमा ९ हजार ८ सय ९८ जना विदेशी भित्रिएका छन् । यो संख्या सन् २०१९ मा ९२ हजार ६०४ थियो ।

बोर्डका अनुसार यो वर्ष नेपालमा जनवरीमा ८ हजार ८ सय ७४, फेब्रुअरीमा ९ हजार १ सय ४६, मार्चमा १४ हजार ९ सय ७७, अप्रिलमा २२ हजार ४ सय ५०, मे मा १ हजार ४सय ६८, जुनमा १ हजार १ सय ४३, जुलाईमा २ हजार ९सय ९१ र अगष्टमा ५ हजार ९ सय १७ जना विदेशी भित्रिएका थिए ।

Facebook Comment

छुटाउनुभयो कि?