मेरा पिकमा नाचेर बिश्व कीर्तिमान अभियानमा जुटे शेर्पा युवा !

पर्यटन बजार१९ आश्विन २०७८, मंगलवार मा प्रकाशित

मेरा पिकमा नाचेर बिश्व कीर्तिमान अभियानमा जुटे शेर्पा युवा !

असोज १९ ,काठमाडौँ। नेपाल र नेपालीमा विश्व कीर्तिमानी राख्न सक्ने धेरै क्षमता छ र धेरैले विविध विधाबाट विश्व कीर्तिमान राख्न सफल पनि भइसकेका छन्। सोही क्रममा नेपाललाई थप उचाइमा पुर्‍याउन मेरा पिकमा नाचेर विश्व कीर्तिमान राख्न १८ जना युवायुवतीहरू तयार भएका छन्।  महाकुलुङ गाउँ पालिका मा अवस्थित मेरा पिकमा विभिन्न जिल्लाका १८ जना शेर्पाले स्याब्रु नृत्य गरेर विश्व कीर्तिमान कायम गर्न लागेका हुन्।

शेर्पा इभेन्ट अर्गनाइजरको आयोजनामा हुन लागेको यस कीर्तिमानी कार्यका लागी असोज २२ गते टिम मेरा पिक तर्फ प्रस्थान गर्नेछ। भने कार्तिक ७ गते कीर्तिमान कायम गरेर फर्किने टिमको योजना रहेको कार्यक्रमका को अर्डिनेटर नुरु शेर्पाले जानकारी गराए। ” मेरा पिक अर्थात् ६४७६ मिटर अग्लो हिमालमा अवस्थित ५८०० मिटर मा रहेको हाइ क्याम्प मा नृत्य को छयांकन हुनेछ , उनले भने। “

यस ऐतिहासिक कार्यले शेर्पा समुदाय को मात्र नभएर सिङ्गो नेपाल कै शिर उच्च बनाउ ने र गौरवशाली इतिहास रच्ने विश्वास आयोजकले लिएको छ ।त्यसका साथै कीर्तिमानी टोलीले हिमाल सँगको प्रगाढ नाता लाई झल्काउदै ग्लोबल वर्मिङ न्यूनीकरण का लागि पनि प्रकृतिलाई माया र सम्मान गर्नुपर्छ भन्ने सन्देश दिनेछन् ।

शेर्पा समुदाय को भाषा, धर्म, संस्कृति को संरक्षण तथा प्रवर्द्धन गर्ने  र शेर्पाहरूको स्याब्रुलाई विश्व सामु चिनाउने उद्देश्यले आयोजित यस कार्यक्रमले मेरा पीकको प्रचारप्रसार मा समेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

Facebook Comment

छुटाउनुभयो कि?