रुसी नागरिक नविवले हातले हिंडेर मनास्लुको गरे आरोहण

पर्यटन बजार१९ आश्विन २०७८, मंगलवार मा प्रकाशित

रुसी नागरिक नविवले हातले हिंडेर मनास्लुको गरे आरोहण

असोज १९ ,काठमाडौँ। रुसी नागरिक रुस्थम नविवले हातले हिंडेर मनास्लु हिमालको सफल आरोहण गरेका छन् ।

दुवै खुट्टा गुमाएका २८ वर्षीय नविवले शनिबार विहान १० बजे ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका इम्याजिन नेपाल ट्रेक एण्ड एक्सिपिडसनका प्रबन्ध निर्देशक मिङ्माग्याल्जे शेर्पाले जानकारी दिए ।

यसअघि उनले सन् २०२० मा १५ घण्टा हातले हिँडेर युरोपको सबैभन्दा अग्लो हिमाल माउण्ट एल्ब्रस आरोहण गरेका थिए ।
Facebook Comment

छुटाउनुभयो कि?