आन्तरिक तथा बाह्य पर्यटकका लागि शुक्लाफाँटा खुला

पर्यटन बजार१९ आश्विन २०७८, मंगलवार मा प्रकाशित

आन्तरिक तथा बाह्य पर्यटकका लागि शुक्लाफाँटा खुला

असोज १९ ,काठमाडौँ। आन्तरिक तथा बाह्य पर्यटकका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज खुला गरिएको छ ।

निकुञ्जले सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्ने गरी असोज १३ गते देखि जंगल सफारी, जंगल वाक, र्याफटिङ्ग, क्याम्पिङ्ग। फिसिङ्ग खुल्ला गरेको जनाएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकहरू बाह्रसिङ्गेको बथान, हात्ती गैँडा र ३६ प्रकारका स्तनधारी, १२ प्रकारका घस्रने जन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा ३५ प्रजातिका पुतली र ४५० प्रजातिका चराहरू हेर्न जाने गर्दछन् ।

Facebook Comment

छुटाउनुभयो कि?