दिल्ली भ्रमणमा व्यस्त मातृभूमि अभियानका तबरेज आलम

पर्यटन बजार२० आश्विन २०७८, बुधबार मा प्रकाशित

दिल्ली भ्रमणमा व्यस्त मातृभूमि अभियानका तबरेज आलम

असोज २० ,काठमाडाैं । नेपाल भारत मैत्री सम्बन्ध कायम गर्नका लागि नेपालका मातृभुमी अभियान प्रदेश २ का अध्यक्ष तबरेज आलम हाल दिल्ली भ्रमणमा रहेका छन्।

दुई देश विचकाे सम्बन्ध विस्तारमा भाजपा पार्टी दिल्लीकाे अध्यक्ष तथा पार्टीकाे वरिष्ट नेता डा. बिजय जोली र नेपालका मातृभुमी अभियान प्रदेश २ का अध्यक्ष तबरेज आलम बीच भेटवार्ता समेत भएको छ ।

दुई देशकाे सम्बन्धलाई कसरी प्रगाढ बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएकाे श्रोतले जनाएको छ । छलफलकाे क्रममा मातृभुमी अभियान प्रदेश २ का आलमले भाजपा पार्टी दिल्लीका अध्यक्ष डा. बिजय जोली ज्युलाई आउदै गरेकाे दिपावलीमा नेपालमा निमन्त्रण समेत गरेका छन् ।

भारतीय सत्तारूढ दल भाजपाका महामन्त्री साबिर अलीसँगको भेटघाट बाट राजनैतिक भेटघाटको सुरुवात गरेका आलमले ईण्डियन ईस्लामिक कल्चरल सेन्टरका डाइरेक्टर एवं राष्ट्रियसभाका सेक्रेटरी बद्रुद्दिन खान लगायतका प्रभावशाली नेताहरुसँग भेटघाट गरिसकेका छन् ।

Facebook Comment

छुटाउनुभयो कि?