आफ्नै देशको प्रकृतिसंग रमाउन सिकौँ – प्रजिता कार्की

पर्यटन बजार२० आश्विन २०७८, बुधबार मा प्रकाशित

आफ्नै देशको प्रकृतिसंग रमाउन सिकौँ  – प्रजिता कार्की

असोज २० ,पोखरा। नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न क्षेत्रमा कार्यरत महिलाहरू पैदल यात्रा गरी अन्नपूर्ण आधार शिविर पुगेका छन् ।

अन्नपूर्ण आधार शिविरमा पुगेर महिलाहरूले राष्ट्रिय झण्डालाई फहराई पर्यटन क्षेत्रको वृद्धिविकास गर्न र प्रवर्द्धन गर्नकोलागि सन्देशमूलक कार्यक्रम गरेका छन्।

लामो समयदेखि कोभिडले देश नै आक्रान्त भइरहेको बेला विभिन्न क्षेत्रका महिलाहरूले पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नका लागि पैदल यात्रा गर्दै शिविर पुगेर सन्देशमूलक कार्यक्रम गरेका हुन् ।

साथसाथै संस्थाको आयोजनामा महिलाहरू अन्नपूर्ण आधार शिविर पुगेका हुन्। अन्नपूर्ण बेस क्याम्पमा पुगेर संस्थाकी अध्यक्ष प्रजिता कार्कीले आम नेपालीहरूलाई आफ्नै देशमा भएका विभिन्न पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्न अनुरोध गरेकी छिन् ।

‘हामीलाई लामो समय कोभिडले घर भित्रै बस्न बाध्य बनायो तर, अब भने हामी आफ्नै देशको प्रकृतिसंग रमाउन सिक्नुपर्छ। कोभिडले झनै महिलाहरुलाई बढी असर गरेको छ,’ उनले भनिन् । नेपालको पर्यटन क्षेत्रलाई आमूल परिर्वतन र विकास गर्नका लागि पुरुष सरह महिलाहरू पनि पर्यटन क्षेत्रको विकास गर्न र आफूलाई स्वस्थ्य बनाउन पनि पर्यटन क्षेत्रको भ्रमण गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमै चिनाउन र आर्थिक रुपमै बलियो बनाउनुका साथै महिलाहरू पनि पुरुष सरह पर्यटन क्षेत्रमा भ्रमण गरी आत्मनिर्भर बनाउनका लागि भ्रमणको थालनी गरिएको आयोजकले जनाएको छ ।

पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यले १० दिनको पैदल यात्रा गर्दै शिविर पुगेका महिलाहरू यति बेला एबिसी बुधबार काठमाडाैं फर्किँदै छन् ।

Facebook Comment

छुटाउनुभयो कि?