बडा दशैं शुरु भएसँगै शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो

पर्यटन बजार२१ आश्विन २०७८, बिहीबार मा प्रकाशित

बडा दशैं शुरु भएसँगै शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो

असोज २१ ,काठमाडौँ ।बडा दशैं शुरु भएसँगै शक्तिपीठहरुमा श्रद्धालुको घुइँचो लागेको छ । आज घटस्थापनाको दिन दुर्गादेवीका मन्दिरहरुमा पूजा गर्नेहरुको भीडभाड छ ।

काठमाडौं उपत्यकाका शक्तिपीठ भनेर चिनिने भद्रकाली, नक्साल भगवती, मैतीदेवी लगायत मन्दिरहरुमा पूजा गर्नेहरुको लामो लाइन छ ।

मन्दिरमा पूजा गर्न आएकाहरुले मास्क लगाए पनि भौतिक दूरी कायम गरेको भने देखिएको छैन । मन्दिरहरुमा देखिएको भीडभाडले कोरोना संक्रमण फैलिनसक्ने जोखिम बढाएको छ ।

घटस्थापनाको दिनदेखि दशैंको नवरात्र शुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्रीको पूजा गर्ने परम्परा छ ।

Facebook Comment

छुटाउनुभयो कि?